संजू कुमारी दास , सिरहा गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज त्यहाका स्थानीय र आस परोसको वडाका विभिन्न जात जातिको सहभागितामा सबै जना मिलेर खीर पकाई एक अर्काको हात बाट खाएर सफल भएको छ ।
बितेको चैत्र ८ गते , अन्तर्राष्ट्रिय जातिय विभेद र छुआछुत विरुद्धको दीवसका दीन , जातिय छुआछुत विरुद्ध, “आफैबाट सुरु गरौ , जातिय विभेद अन्त्य गरौ ” लाई सार्थक बनाउन मुक्ति नेपाल द्वारा गठित माँ दुर्गा महिला समुह , गोलबजार ५ की महिलाहरु शान्ति भोज आयोजना गरी पहिला आफ्नै परीवार बाट छुआछुत हटाउनु पर्ने वाचाका साथ भोजको आयोजना गर्ने तय गरेकी थिईन् ।
माँ दुर्गा महिला समुहको आयोजना र मुक्ति नेपालको सहयोगमा भएको उक्त भोजमा करीब दर्जनौ जात जातिका, अनुमानित १०० जनाको सहभागितामा सम्मपन्न भोजमा , सबै जात जातिले मिलेर पकाई सबै एउटै ताँतमा बसी खाएर सम्मपन्न भएको छ । साथै भोजमा सबै जना आ आफ्नो घर बाट खीर पकाउन गरेको सहयोग बाट बढी भएको चामल स्थानिय विपन्न तथा एकल महिला जानकी राम लाई पनि सहयोग स्वरुप प्रदान गरीएको छ ।
जातिय छुआछुत हटाउनका लागि यो शान्ति भोज सकारात्मक संदेश सहीतको सुरुआत गरेको छ , आगामी दीनमा एस्ता किसिमका कार्यक्रमहरु अरु अरु ठाउ पनि गर्न आवश्यक रहेको भोजमा सहभागि गोलबजार ८ का रामरीझन सदाको भनाई थियो भने , गोलबजार ३ का राहुल मल्लिकले खुशी हुदै भन्नु भयो , हामीलाई प्रायः भोजमा निम्तोनै आउदैन ,र आए पनि सबै भन्दा पछाडी अरु बस्ने ठाउँ भन्दा परै बसाएर खुवाउथियो , दलितकै भोज भए पनि हामी लाई छुन दीदैन थियो तर यसरी सबै जना मिलेर एउटै भाडोमा पकाई , एउटै लाममा सबै जात जाति संग बसेर पहिलो चोटी खाएको छु ।
त्यस्तै दुर्गा महिला समुहकी अध्यक्ष बिनीता देवी रामले अब देखि हामी छुआछुत मान्दैनौ मान्छे मान्छे बीचमै यसरी छुवाछुत मान्नु एक अर्कालाई अपमान गर्नु जस्तै भएकोले ,जातिय विभेद हटाउन यो हाम्रो प्रयास जारी रहने छ । अब देखि जातिय विभेद गर्दिन र गरेमा चुप बस्दिन , यस्ता विभेद विरुद्ध यो हाम्रो पहीलो पाईला अगाडी बढाएको बताउनु भयो । समाजमा विद्मान यस्ता किसिमको विभेद हटाउन यो सराहनिय काम भएको मुक्ति नेपालका कार्यक्रम संयोजक धिरेन्द्र साहको भनाई छ ।















