संजू कुमारी दास, सिरहा भदौ २० राष्ट्रिय मानव बेच बिखन विरुद्धको दिवसको अवसरमा , समाजमा रहेको हानिकारक परम्परागत अभ्यासहरुमा युवाहरुको भुमिका के कस्तो हुन सक्छ विषयमा अन्तरक्रिया र तीज को शुभकामना आदान प्रदान गरी मनाईएको छ । जसमा विभिन्न सरोकारवालाहरु को उपस्थिति रहेको थियो जस्तै महिला मानव अधिकार रक्षकहरु, इलाका प्रहरी कार्यालय, जिला प्रहरी कार्यालय, महिला समुह, किशोरी समुह, जनप्रतिनिधि, शिक्षक, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
मुक्ति नेपाल द्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय गोलबजारका इन्पेक्टर सुनिल कार्कीले मानव बेचविखन एउटा जघन्य अपराध हो, सुरुमा हामीले मानव बेचविखन भनेको महिलाहरुलाई बिदेशमा लगेर बेच्ने वा यौन शोषन गर्ने वा यौन कार्यमा लगाउने भन्ने बुझिन्थयो भने अहिले को अवस्थामा मानव शरीरको विभिन्न अंगको तस्करी वा बेच्ने काम लाई पनि यस भित्र समेटीएको छ र यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई सजाय पनि तोकीएको छ । कार्कीले लागु औषध र मानव बेचबिखन कतै न कतै एक अर्का संग जोडीएको देखिन्छन् किनकी लागु औषध सेवन गरे पछि उ आफ्नो मतिमा हुदैन र यस्ता अपराध हरुको शिकार हुन पुग्छ वा गर्न पुग्छ । यस्ता विकृति हरु हटाउन र यस्ता कुलतमा परेका युवाहरुमा चेतनाको स्तर बढाउन सबै स्थानीय सरोकार वाला राजनैतिककर्मी युवा संघ संस्था मिलेर लाग्नु पर्छ । उनहिरुलाई मोटीभेट गरेर सही बाटो तीर डो¥याउनमा सबैजना मिलेर लाग्नु आवश्यक रहेको बताउनु भयो ।
महिला मानव अधिकार रक्षक संजाल सिरहाकी अध्यक्ष गंगा अधिकारीले, अब हाम्रो जिला मानव बेचविखनको जोखिममा पर्दैन भने भन्न सकिन्छ भन्छन् , तर भरखरै केही दीन अगाडी सिरहा जिलाकै ११ जना लाई भारतको जम्मु काश्मिर बाट छुट्याएर ल्याएका छौं । एती मात्रै न भई हाम्रा नेपाली पुरुष हरु भारतीय बजार वा बिदेशमा गएर काम गरी रहेको छ र सबै भन्दा बढी रेमिटान्स हाम्रै जिलामा भित्रिने गरेको देखिन्छन् जो कतै न कतै बेच बिखन जस्तै हो । त्यसैले यसलाई पनि मानव बेचबिखनमा राख्न जरुरी देखिन्छ ।
त्यस्तै मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले पहिला महिलाहरुले आफ्नो पिडा पोख्ने ठाउ पाउदैन थियो र तीजमा आफ्नो माईति पुगि त्यस्ता पिडाहरु गितको माध्यमबात पोख्न्े गर्दथियो, प्रायः बीहे पछि दीदी बहिनिको भेटघाट नहुने भएकोले यही पर्व त्योहारको अवसरमा भेटघाट र आफ्नो पिडा साटासाट गर्ने एउटा थलो मानिन्थियो । र दर खाने चलन पनि तीजको एक दीन अगाडी दीदीबहीनिहरु संग रमाइलो गर्दै खाने गरिन्थियो । तर अहिलेको तीजमा, तीजकै नाममा गरगहना किन्नै पर्ने, नया सारी किन्नै पर्ने, पार्टी गरी रमाइलो गर्ने जस्ता कार्यहरु सामाजिक संजालमा हामी हेर्न सक्छौं । यस्ता विकृतिहरु लाई हामी युवाहरुले के गरी हटाउन सक्छौं विषयमा सोच्नु आवश्यक छ । साथै तीज मनाउनु नराम्रो होइन यसलाई भर्किलो खर्चिलो न बनाईकन पहिलाको जस्तो आफ्नो पिडा पोख्ने र मनोरन्जन गर्ने पर्वको रुपमा मनाउन आग्रह गर्नु भयो ।
त्यस्तै हानीकारक परम्परागत अभ्यास हाम्रो समाजमा कसरी जडो गाडेर बसेको छ विषयमा मुक्तिनेपालका कार्यक्रम संयोजक धिरेन्द्र साह ज्युले विस्तृतरुपमा छलफल गर्नु भएको थियो जसमा तीज मात्रै न भई यस्तै बट सावित्री , करवाचौथ एकादशी जस्तो धेरै पर्वहरु छन् जो पहिलाको भन्दा एकदमै फरक र आर्थिक रुपमा खर्चिलो र झन्झटीलो हुदै गएको पाउछौ । साथै तीज मनाउनु को एतिहासिक धारना शिव पार्वति को कथा भनी प्रस्ट पार्नु भएको थियो । तीजमा महिलाहरुले ब्रत बस्ने धार्मिक मान्यता छ । यसलाई हेर्दा महिलालाई पुरुष भक्त बनाउन खोजिएको छ । त्यसैले धेरै महिलाअधिकारकर्मी हरु यसको विरोध पनि गरी रहेको छ । कतै न कतै यस्ता चाड पर्वहरुमा पश्चिमेली शैली पनि प्रवेश गरेको देखिन्छन् । यस्ता खचिर्लो पर्व बनाउदा हाम्रो देशमा आर्थिकरुपमा कमजोर व्यक्ति वा समुदायमा असर पर्न जान्छ । त्यसैले यसलाई परिवर्तन गर्नु आवश्यक देखिन्छन् ।
कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मी श्रेष्ठले मानव बेच बिखनका घटनाहेर्दा सके खसम्म सम्बन्धित निकायमा खबर गरी आ आफ्नो कर्तव्य निर्वाह गर्नु पर्छ । र बढ्दो बालश्रम जो एक प्रकारले हेर्दा बेच बिखन जस्तै हो त्यसलाई रोक्न हामी यदी कतै कुनै पसलमा बच्चाहरुले काम गरेका हेर्छौ भने बोलौ र सम्बन्धित निकायमा खबर गरौ अनि मात्र यसलाई रोक्न सकिन्छ ।
प्रदेश युवा संजालका अध्यक्ष नईम राईनले बाल श्रमको विषयमा सबै सरोकार वालाहरु जिम्मेवार हुनु जरुरी छ । आज हामी जसरी तीज मनाउने गर्छौं हाम्रा छोरा छोरी पनि तेही सिक्छन् र यसरी विकृति हरु सर्दै जान्छन् तेही भएर हामीले यसलाई राम्रो संग मनाउने प्रयास गरौं ।तीजको दर खाने क्रममा प्रायःरक्सी खाएर मातिने धेरै महिलाहरु संग घटनाहरु घट्ने गर्छ । त्यसैले यसलाई सभ्य तरीकाले मनाउने प्रयास गरौंहामी हाम्रा व्यवहार मा परीवर्तन ल्याउन आवश्यक छ बताउनु भयो ।
मुक्ति नेपालले बालबालिकाको क्षेत्रमा एकदमै राम्रो काम गरी रहेको छ । उनीहरुमा बोल्ने आफ्नो कुरा राख्ने , क्षमता अभिबृधि गराउने उनी हरुलाई कसरी शसक्त बनाउन सकिन्छ विषयमा गहीरो सोचका साथ अघि बढीरहेकोमा शुभकामना व्यक्त गर्दै । तीज बरसाइत र होलीले साच्चै हाम्रो धेरै खर्च बढाउने गर्छन, यसलाई नियंत्रित गर्नु आवश्यक छ । सबल नेपालकी रीता महतो ले भनिन् ।
कार्यक्रमकी प्मुख अतिथि मान्ती देवी साह मानव बेचबिखन र बाल श्रम रोक्नलाई पहिला आफ्नै घर बाट सुरु गरौ, पालिका बाट यसलाई रोक्न जे गर्नु पर्छ गर्छौं, यहां तीन तहको सरकार छ र तीनै तहले यसमा ध्यान दीनु जरुरी छ, बताउनु भयो । साथै महिला र किशोरी समुह हरुबाट किशोरीहरुले चेतनामुलक गित र अन्य गितहरुमा नृत्य प्रस्तुत गरी रमाइलो गरी कार्यक्रम सम्मपन्न गरेको छ ।















