Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

महेश सिंह, लहान–सिरहा । लहान मनकामना अस्पताल तथा प्रसूति गृह प्रालिले रक्तदान कार्यक्रम आयोजना गर्दै स्थानीय समुदायमा स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत निरन्तरता दिएको छ।

नेपाल रेडक्रस सोसाइटी, लहान शाखाको प्राविधिक सहयोगमा अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा अस्पतालका कर्मचारी, सगरमाथा एम्बुलेन्स संघका सदस्य तथा सर्वसाधारण गरी २५ जनाले रक्तदान गरेका छन्।

अस्पतालका सञ्चालक बिरिदेव महतोका अनुसार आकस्मिक उपचार तथा विभिन्न स्वास्थ्य समस्याका कारण अस्पतालमा रगत आवश्यक पर्ने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो। उनले रक्तदानजस्तो मानवीय सेवामा सहभागी हुने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताए।

ADVERTISEMENT
ADVERTISEMENT

अस्पतालका प्रशासन प्रमुख रोशन कुशवाहाले रक्तदानले आपत्कालीन अवस्थामा हुने रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने बताए। उनले स्वस्थ व्यक्तिलाई नियमितरूपमा रक्तदान गर्न आग्रह गरे।

लहान मनकामना अस्पताल स्थानीयस्तरमा आर्थिकरूपमा कमजोर, दलित तथा मध्यमवर्गीय समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका सञ्चालकको भनाइ छ। अस्पतालले कम खर्चमा विभिन्न जटिल तथा दीर्घरोगको उपचार सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

ADVERTISEMENT

अस्पतालका अनुसार दक्ष तथा अनुभवी स्वास्थ्यकर्मी र प्राविधिकको संलग्नतामा बिरामीलाई उपचार सेवा प्रदान गरिँदै आएको छ। स्वास्थ्य उपचारसँगै समुदायमा रक्तदान, जनचेतना तथा सामाजिक सेवाका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको अस्पतालले जनाएको छ।

रक्तदान कार्यक्रममा सहभागी अस्पतालका कर्मचारी, सगरमाथा एम्बुलेन्स संघका सदस्य तथा सर्वसाधारणप्रति अस्पताल परिवारले धन्यवाद व्यक्त गरेको छ। कार्यक्रमका लागि प्राविधिक सहयोग उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी, लहान शाखाप्रति समेत अस्पतालले आभार व्यक्त गरेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

ADVERTISEMENT

ट्रेन्डीङ्ग

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.