मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले जनकपुरलाई सफा राख्न विशेष आग्रह गरेका छन्। बुधबार एक सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत उनले जनकपुरलाई फोहोरमुक्त बनाउन नगरवासीलाई मिलेर प्रयास गर्न अपिल गरेका हुन्। जनकपुर धार्मिक, पौराणिक, सांस्कृतिक, र पुरातात्त्विक महत्वको शहर भएकोले यसको संरक्षण र सफाईमा सबैको सहभागिता आवश्यक रहेको मुख्यमन्त्री सिंहले बताएका छन्।
अहिले दीपावली, छठ, र विवाह महोत्सवका अवसरमा लाखौं भक्तजन जनकपुर आउने भएकाले शहरलाई स्वच्छ राख्न सबैको संकल्प जरुरी रहेको उनले औंल्याएका छन्।















