सप्तरी।राजगढ गाउँपालिका–४ बाट १७ क्विन्टल ३६ किलोग्राम गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बालुवा र गिट्टीले छोपेर गाँजा लोड गरिएको टिपर सोमबार राति बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा प्रहरीले नियन्त्रणमा लिएको हो।
कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपरको निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको छ। टिपर चालक धनकुटा सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ गरिएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर आवश्यक कारबाहीका लागि अदालतसँग अनुमति लिने तयारी गरेको छ। पक्राउ परेका चालकलाई आज अदालतमा पेश गरिने जनाइएको छ।















