सिरहा लहान १२ बैशाख – वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले लहान मेयरका लागी टिकट पाए लगत्तै समग्र लहानमा नै खुशयाली छाएको छ। समाज सेवामा अग्रनी भुमिका निर्वाह गरेका चौधरी अहिले समग्र सिरहामा चर्चाको विषय बनेको छ्।
वरिष्ठ समाजसेवी चौधरीले आबद्ध रहेको राजनीति पार्टी नेपाली काङ्ग्रेसबाट लहान नगरपालिकाका लागी मेयरको टिकट पाए पछी गरिब दलित असहायहरुको अशा जुराएको छ्। मनोनयन दर्ताका अन्तिम दिन आज महेश प्रसाद चौधरीले मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्ता गराउन हजारौं नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरु जन्ती झैँ बाजा गाजामा सजिएर उमेदवारी दर्ता गराउन पुगेका थिए।
बिगतमा गरेको समाजसेवाले समग्र लहान बासीमा महेश चौधरी नै मन मस्तिष्कमा बसेको हो। जनताको भनाइ अनुसार यसपल्ट महेश चौधरीलाई नै लहानको मेयर बनाउनु पर्ने व्यापक चर्चा रहेको छ।















