Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पारदर्शी प्रक्रिया सुनिश्चित गर्न सर्वपक्षीय माग


पारदर्शी प्रक्रिया सुनिश्चित गर्न सर्वपक्षीय माग

उपाध्यक्ष, स्थानीयवासी, र सरोकारवालाहरूले खुला र प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य शिक्षक छनोट गर्न पुनः प्रक्रिया सुरु गर्न माग गरेका छन्

महेश सिंह लहान ,सखुवानन्कारकट्टी-३ माध्यमिक विद्यालय महादेवा पोर्ताहामा शिक्षक भर्ना प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णय र शिक्षा विकास तथा समन्वय इकाइ सिरहाको स्वीकृतिमा भर्ना प्रक्रिया अघि बढाइए पनि गाउँपालिका उपाध्यक्ष निलम देवी यादवले यसलाई पूर्ण रूपमा गलत भन्दै आपत्ति जनाएकी छिन्।
विद्यालयले विज्ञान/गणित विषयमा राहत अनुदान शिक्षकको पदपूर्तिका लागि विज्ञापन नं. ०१/०८१/०८२ जारी गर्दै आवेदनको अन्तिम मिति मंसिर १२ गतेसम्म तोकेको थियो। आवेदन शुल्क रु. १,५०० तोकिएको छ भने उम्मेदवारले I.Sc वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुका साथै १८ देखि ४० वर्षको उमेर समूहभित्र पर्ने मापदण्ड राखिएको छ। लिखित परीक्षा, मौखिक परीक्षा र कक्षा अवलोकनको आधारमा अन्तिम छनोट गरिने उल्लेख गरिएको छ।
गाउँपालिका उपाध्यक्ष निलम देवी यादवले भर्ना प्रक्रिया पारदर्शिता, कानूनी मापदण्ड, र उचित प्रक्रियाको अभावमा गरिएको बताउँदै यसलाई आफूले स्वीकार नगर्ने प्रस्ट पारिन्। “भर्ना प्रक्रिया पूर्ण रूपमा गलत छ, यसलाई मैले मान्दिनँ,” उनले भनिन्।
उनले विद्यालय व्यवस्थापन समितिले कुनै पत्रपत्रिका वा अन्य सार्वजनिक माध्यममा सूचना प्रकाशन नगरी गोप्य रूपमा भर्ना प्रक्रिया अघि बढाएको र पालिकालाई जानकारी समेत नगराइएको गुनासो गरिन्। “यो प्रक्रियामा सबै पक्षको गल्ती देखिन्छ। यस्तो गलत प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य छैन,” उपाध्यक्ष यादवले पत्रकार सम्मेलनमा बताइन्।
स्थानीय बिनोद यादवले विद्यालय व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न उठाउँदै एउटै मितिमा फरक–फरक लेटरहेड प्रयोग गरी जारी गरिएका सूचनाहरूले प्रक्रियागत त्रुटि स्पष्ट हुने बताएका छन्। “यसले विद्यालय प्रशासनको निष्पक्षतामाथि शंका उब्जाएको छ,” उनले भने।
प्रधानाध्यापक घुरन यादवले शिक्षक अभावका कारण तत्काल भर्ना प्रक्रिया अघि बढाउनुपरेको स्पष्टिकरण दिए। “६ सय विद्यार्थीको अध्ययनरत अवस्थामा शिक्षक अभावले पठनपाठन प्रभावित भइरहेको छ,” उनले भने। साथै, शिक्षा शाखाको निर्देशन अनुसार पुनः एक साता समय थपेर आवेदन प्रक्रिया खुला गरिने उनले जानकारी दिए।
विद्यालयले ५ जना गाउँपालिका अनुदान शिक्षक र १ जना राहत अनुदान शिक्षक गरी ६ जना शिक्षक पदपूर्तिका लागि भर्ना प्रक्रिया अघि बढाएको छ।
गाउँपालिका उपाध्यक्ष, स्थानीयवासी, र अन्य सरोकारवालाहरूले भर्ना प्रक्रिया पूर्ण रूपमा पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन जोड दिएका छन्। योग्य र दक्ष उम्मेदवार छनोटका लागि पत्रपत्रिका वा अन्य माध्यमबाट सार्वजनिक सूचना दिन र कानूनी प्रक्रिया पालना गर्न उनीहरूले माग गरेका छन्।
यसैबीच, उपाध्यक्ष यादवले प्रक्रिया पुनः सुरू गरेर निष्पक्षता र पारदर्शिताको ग्यारेन्टी नगरेसम्म आफू यो प्रक्रियालाई मान्यता नदिने बताएकी छिन्। विद्यालय प्रशासनले सबै पक्षलाई समेटेर निष्पक्ष प्रक्रिया अपनाउने प्रतिबद्धता जनाए पनि विवाद तत्काल साम्य हुने सम्भावना कम देखिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.