Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

करीब ५० जना जाडो प्रभावितलाई सिरक बितरण गरी मनाइयो वार्षिक उत्सव

करीब ५० जना जाडो प्रभावितलाई सिरक बितरण गरी मनाइयो वार्षिक उत्सव

संजू कुमारी दास सिरहा ६ माघ।सिरहाको गोलबजारमा आज एक कार्यक्रम बीच आर्थिक अभावका कारण न्यानो ओढने सामग्रिको अभावमा कठ्यांग्रीएर बाच्न बाध्य करीब ५० परिवार लाई एक एक थान सिरक वितरण गरी जाडो बाट बाच्नका लागि सहयोग गरेको छ ।
मुक्तिका लागि महिला अभियान नेपाल (मुक्ति नेपाल) को १४ औं वार्षिक उत्सव तथा सामाजिक लेखा जोखा कार्यक्रममा सिरक वितरण लगायत सन् २०२४ मा भएको कार्यक्रमहरुको लेखा जोखा तथा मुक्ति नेपाल द्वारा गरीएको कार्यहरुबारे विस्तृत छलफल भएको थियो ।
मुक्तिनेपाल गोलबजारकी अध्यक्ष देवकुमारी महराको अध्यक्षतामा करीब २०० जनाको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद मनोज सिंह , अतिथिमा मानव अधिकार आयोग मधेश प्रदेशका कार्यक्रम प्रमुख बुद्धि नारायण चौधरी, मधेश प्रदेश इन्सेक प्रतिनिधि राजु पासमान, जिला समन्व्य समितिका उप सभापति दिलिप लामा, गोलबजार नगरपालिका उप प्रमुख मानती साह, नरहा गा.पा. अध्यक्ष राम प्रमोद यादव, उपाध्यक्ष गुलाब देवी चौधरी, इन्सेक जिला प्रतिनिध दुर्गा परियार, स्थानिय जनप्रतिनिधिहरु, महिलामानव अधिकार रक्षकहरु लगायत मुक्ति नेपाल द्वारा गठीत महिला समुह, किशोरी समुह, बाल क्लब र युवा समुहको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सामाजिक लेखाजोखाको प्रस्तुतिकरण पत्रकार मनीलाल बिकले गर्नु भएको थियो भने, वार्षिक प्रतिवेदन मुक्तिनेपाल की कार्यकारी निर्देशक श्याम कुमारी साहले गर्नु भएको थियो साथै बजेट सम्बन्धि प्रस्तुतिकरण पनि गरीएको थियो ।
किशोरीहरुलाई शिक्षामा पहुच बढाउन र बालविवाह रोक्नु मा मुक्ति नेपाल गोलबजारले राम्रो काम गरेको छ , साथै प्रभावित महिलाहरुलाई सहयोग गर्नुका साथै पालिकाहरुमा पनि सहयोगका लागि पहल गर्दै आएको छ । गोलबजार नगरपालिका बाट पनि मुक्तिनेपालको पहलमा सहयोग हरु गरेका छौं । उप प्रमुख मानती साहले भन्नु भयो ।
त्यस्तै गैर सरकारी संस्था महासंघ सिरहाका अध्यक्ष गोविन्द विष्टले जिल्लामा काम गर्ने संस्था दर्जन भन्दा बढी छैनन् । र त्यसमा पनि महिलाको क्षेत्रमा काम गर्ने र सहायता गर्ने संस्थाहरू एकदमै कम रहेका छन् । मुक्ति नेपाल र ओरेक नेपाल यो दुईटा संस्था मात्रै महिलाको क्षेत्रमा काम गर्दै आएको छ । मुक्ति नेपाल संस्था समाजमा सिटामोल औषधि टाइप भएको छ । धेरै रोगमा काम लाग्ने । स्थानीय सरकारले योसँग जोडेर कसरी अगाडि बढ्ने र मानव सञ्चालित गरी यो काम कसरी प्रभावकारी रुपमा बढाउन सकिन्छ त्यसमा जोड दिनुपर्ने देखिन्छ बताउनुभयो ।
त्यस्तै नरहा गाउँपालिकाकी उपाध्यक्ष गुलाब देवी रामले धेरै तालिम गोष्ठी हामीसँगै लिएका छौं र महिला अधिकारको क्षेत्रमा संगै काम गरेकी छु । र आज आएर म उपाध्यक्ष पदमा पुग्न सकेकी छु । यो संस्थाले हाम्रो पालिकामा पनि पीडित महिलालाई सहयोग गरी उनलाई जीवनमा अगाडि बढ्न सहयोग गरेको छ । मुक्ति नेपालका अभियन्ताहरूसँगै म पनि काम गर्दै आएकी थिए । मुक्ति नेपालद्वारा सञ्चालित सेफ हाउस धेरै महिलाका लागि वरदान बनेको छ । यसका लागि हामीले मिलेर केही न केही अनुदान दिनुपर्छ । अनि मात्र यस्तो सेफ हाउस अगाडि बढ्न सक्छ । यसका लागि म हाम्रो पालिकामा कुरा गर्नेछु । त्यस्तै गाउँपालिकाको अध्यक्ष राम प्रमोद यादवले भन्नुभयो म उपाध्यक्ष ज्युको कुरा बाट सहमत छु र आफ्नो पालिकाको तर्फबाट पूर्ण सहयोग गर्न तयार छु । किनभने हाम्रो पालिकामा पनि धेरै प्रभावित छन् । हाम्रो पालिकामा पनि यस्ता कार्यक्रम हेर्न पाउँ भने म अनुरोध गर्न चाहन्छु । हाम्रो पालिकाको लागि सक्दो सबै सहयोग गर्छौं हाम्रो पाँचवटै वडामा यस्ता कार्यक्रम लिएर आउनुहुन मुक्ति नेपाललाई अनुरोधका साथ धन्यवाद पनि दिन चाहन्छु । किनभने हाम्रो पालिकाको पनि थुप्रै प्रभावित महिलाहरुलाई सहयोग गर्दै अहिले उनीहरूको जीवन सफल बनाउन सहयोग गर्नुभएको छ ।
त्यस्तै मधेस प्रदेशका इन्सेक प्रतिनिधि राजु पासमानले भन्नुभयो इन्सेकले मधेस प्रदेशमा महिला हिंसाको घटना दर्ता गरेको छ । जो २५०० भन्दा बढी छ । जसमा ८०% घटना महिलासँग सम्बन्धित रहेको देखिन्छ । मुक्ति नेपालले पनि महिलाको क्षेत्रमा र लैङ्गिक हिंसा लगायत विभिन्न क्षेत्रमा कार्यक्रम गरिरहेको छ । जसले किशोरी र महिलाहरू बोल्न सिकेको र जागरुक भएको हामीले देख्यौ । किशोरी सशक्तिकरणका लागि प्रदेशबाटै साइकल वितरण र ल्यापटप वितरण कार्यक्रम ल्याएको थियो तर केही न केही समस्याका कारण अस्थगित रहेको छ । मधेस प्रदेशमा भूणहत्या भएको घटना सबैभन्दा बढी छ । राष्ट्रिय स्तरमा हेर्ने हो भने ३.६ प्रतिशत रहेको छ भने मधेस प्रदेशमा ९.९% रहेको देखिन्छ । यसरी हेर्ने हो भने सबैभन्दा बढी छोराछोरी बीच विभेद लैडिक विभेद यही प्रदेशमा देखिएको छ । यस्ता विभेदलाई निर्मुल पारी सहज रूपमा अगाडि बढ्न शिक्षामा पहुँच बढाउन आवश्यक रहेको देखिन्छ । मधेस प्रदेशमा अहिले पनि सयमा ५२ प्रतिशत छात्रा स्कुल जानबाट वञ्चित रहेको हाम्रो तथ्याङ्कले देखाउँछन् । नेपालभरका ७६ जिल्लामध्ये १६ वटा जिल्ला साक्षर घोषणा भएको छैन । जसमध्ये मधेस प्रदेशका आठवटा जिल्ला पनि पर्छन् । मुक्ति नेपालले यसमा पनि काम गरिरहेकोमा र यसरी पारदर्शी रुपमा पारदर्शी तरिकाले सबै प्रस्तुतिकरण गरेकोमा धेरै खुसी लाग्यो भन्दै यसलाई साथ सहयोग गर्न स्थानिय सरकार संग आग्रह गर्नु भयो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.