Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रादेशिक अस्पताल लहानमा विभिन्न सेवा बिस्तार बिरामीको चाप बढदै सबैको अशाको केन्द्र बन्दै

प्रादेशिक अस्पताल लहानमा विभिन्न सेवा बिस्तार बिरामीको चाप बढदै सबैको अशाको केन्द्र बन्दै

महेश सिंह सिंह लहान–३ स्थित प्रादेशिक अस्पतालले पछिल्ला दिनमा सेवा गुणस्तरमा सुधार ल्याउँदै सिरहा, सप्तरी र उदयपुर जिल्लाका बासिन्दाको आशाको केन्द्रका रूपमा परिचय बनाएको छ।
विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, सहज सेवा प्रवाह र नागरिकमैत्री व्यवस्थापनका कारण सेवा लिन आएका बिरामीहरू राजधानी काठमाडौँ वा विराटनगरसम्म जानुपर्ने बाध्यताबाट मुक्त भएका छन्।
स्थानीय वडा अध्यक्ष रामदियाल महतोका अनुसार, अस्पतालको सेवा स्तरमा उल्लेखनीय सुधार आएपछि सर्वसाधारणमा उत्साह र सन्तुष्टि बढेको छ। उनका अनुसार, “अब धेरैजसो सेवा यहीँ उपलब्ध भएपछि रेफरको झन्झट हटेको छ।”
सेवा गुणस्तरको प्रभावस्वरूप अहिले अस्पतालमा दैनिक औसत पाँच सय बिरामीले विभिन्न सेवा लिने गरेका छन्। ओपीडी, आकस्मिक सेवा, ल्याब, एक्स–रे, भिडियो एक्स–रे, प्रसूति तथा अप्रेसन सेवा, हाडजोर्नी, बालरोग, सर्जरी, दन्त, हेमोडायलाइसिस लगायतका सेवा नियमित रूपमा सञ्चालनमा छन्।
त्यस्तै, १५ वर्ष मुनिका थाईलेसेमिया पीडित बालबालिकालाई पूर्ण रूपमा निःशुल्क सेवा, इसिजी र रेबीज खोप सेवासमेत प्रवाह भइरहेका छन्।
गरिब, दलित र सीमान्तकृत समुदायका लागि सामाजिक सुरक्षा एकाइमार्फत निःशुल्क उपचार सेवा दिइँदै आएको छ। अस्पतालका कर्मचारी रामलाल महतोका अनुसार, “आर्थिक रूपले कमजोर समुदायको पहुँचका लागि यो अस्पताल एक मात्र विकल्प बनिरहेको छ।”
अस्पताल प्रमुख तथा मेडिकल सुपरीटेन्डेन्ट डा. रञ्जित कुमार झा स्वयं सेवा प्रवाहमा अग्रसर रहँदै बिरामीहरूको उपचारमा खटिने गरेका छन्।
बढ्दो बिरामीको चापका कारण अस्पतालमा श्रोतसाधन र जनशक्तिको अभाव महसुस भइरहेको अस्पताल स्रोतले जनाएको छ। सिटी स्क्यान सेवा अझ प्रभावकारी बनाउन आवश्यक रहेको र यसतर्फ ध्यान दिइएको अस्पताल प्रशासनको भनाइ छ।
प्रादेशिक अस्पतालको गुणस्तरीय सेवाले लहानसहित आसपासका निजी अस्पतालहरूमा बिरामीको चाप कम भएको छ। सरकारी सेवाप्रति आमनागरिकको भरोसा बढ्दै गएको देखिन्छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.