बर्दिबास, जेठ २७ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश को समृद्धि र बिकासका लागि तिनै तहका सरकार बिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेश द्वारा महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुको लागि अभिमुखिकरण कार्यक्रम मा मुख्यमन्त्री राउतले बिकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तिनै तह बिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।
वहाले भन्नु भयो : मधेशलाई समृद्ध बनाउन गरिने बिकास निर्माण को कार्यहरु स्थानीय तह मातहतकै गाउ ठाउमा गर्नु पर्दछ, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले गर्ने बिकास निर्माण त्यहि ठाउमा गर्नु पर्ने हुन्छ । तसर्थ तिनै तहको समन्वय र सहकार्य बिना समृद्धि र बिकास सम्भव छैन ।
मुख्यमन्त्री राउतले स्थानीसरकारहरु ले ल्याउने बिकास निर्माण को योजनाहरुमा काधमा काध मिलाएर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख समेत गर्नु भयो ।
सरकार सन्चालन तथा बिकास निर्माण सङ्ग सम्बन्धित बिषयमा आयोजित अभिमुखिकरण कार्यक्रममा वहाले स्थानीय का नवनिर्वाचित जनप्रतिनिधीहरु लाई कानुन प्रकृयाहरु बारे अवगत हुन आग्रह समेत गर्नु भयो ।
विगतमा सङ्घीय सरकारले कर्मचारी समायोजन तथा बितिय बाडफाडमा गरेको बिभेदका कारण स्थानीयलाई बिभिन्न समस्याहरु झेल्नु परेको अवगत गराउनु हुदै वहाले अबको दिनमा सुधार गर्न सङ्घीय सरकार सङ्ग आग्रह समेत गर्नु भयो ।
मधेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउतको अध्यक्षता मा भएको उक्त कार्यक्रममा सङ्घीय मन्त्रालय का सचिव लगायत को उपस्थिति रहेको थियो भन्ने कार्यक्रममा धनुषा र पर्सा बाहेको ६ जिल्ला स्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको थियो । प्रशिक्षण तीन दिन सम्म चल्ने छ ।















