Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी ५ कार्तिक। शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावणवध उत्सव मटिहानीसहित महोत्तरीका कैयौं ठाउँमा बुधबार साँझ सम्पन्न भएको छ।

त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा पुरुष्वत्तम श्रीरामले युद्धमा रावणको वध गरेको विश्वासमा मिथिलामा यो उत्सव मनाइने परम्परा छ। सीताजी अर्थात् मैथिलीलाई आफ्नै चेलीबेटी मान्ने मिथिला परम्पराले यहाँ रावणवध खास महत्वको उत्सव रहँदै आएको छ।

मिथिला क्षेत्रमा रावणवध उत्सव विजया दशमीका दिन साँझपख मनाइने चलन छ। ‘युद्धमा श्रीरामले शारदीय दशहरा (दशमी) का दिन साँझपख रावणवध गरेको विश्वास गरिन्छ’, मटिहानी–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्ण भन्छन्, ‘यसैले मटिहानीमा बर्सेनि दशमीका दिन साँझ रावणवध लीला गरिदै आइएको छ।’ मिथिलाकी चेली सीताजीको अपहरण गर्ने रावण यसै अपराधका लागि मारिएको कुरा मैथिलका लागि उत्सव नै बन्ने गरेको कर्ण बताउँछन्।

ADVERTISEMENT
ADVERTISEMENT

रावणवध उत्सवका अवसरमा मटिहानी–८ तस्मैयाबाबा उद्यानमा निर्मित ५१ फिट अग्लो रावण आकृतिलाई आग्नेय वाणको प्रतीकात्मक आगोको मुस्लो हानेर भष्म गरिने लीला बुधबार साँझ सम्पन्न गरिएको छ। यसैगरी जलेश्वरमा पनि रावणवध उत्सव सम्पन्न गरिएको छ।

मटिहानीमा वर्षौंदेखि विजया दशमीका दिन श्रीरामले असुर रावणको संहार (सङ्घार) गरेको सम्झनामा प्रतीकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। मिथिलामा विजया दशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई संहार गरेको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ।

ADVERTISEMENT

दशहारा (दसैं) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड, महिषासुर र रक्तविजसहितका दैत्यको संहार प्रतीकात्मक रहेझैं मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ। सत्ययुगमा देवीले दैत्य संहार गरेझैं त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ।

खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन वध गरेको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानीबासी बताउँछन्।

भगवान् श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण) माथि विजय प्राप्त गरेको हुँदा ‘दशहारा’ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको मैथिल लोकपरम्पराका जानकार जलेश्वर–७ बखरीका बासिन्दा पूर्वप्रशासक महेश्वर राय बताउँछन्। रावण वध उत्सव यस क्षेत्रको महत्वपूर्ण संस्कृति रहेको रायको कथन छ।

मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको ढलेको आकृति भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पुर्याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.