महोत्तरी १२ असार।महोत्तरी जिल्लाको समुदायिक वन तथा जङ्गल बाट चोरी निकासी गरेको क्रममा बरामद भएको लाखौं रुपैयाँको काठ र सवारी कुहिन थालेको हो।
वर्षै दिनदेखि काठ , सवारी जिल्ला वन कार्यालयको परिसरमा कुहिरहेकोे र लाखौं राज स्वसमेत गुमिरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनिराम यादवले बताए ।
अवैध तरिकाले कटान गरी चोरी निकासी गर्न लागिएको काठसम्बन्धी मुद्दा भने लामो समयसम्म किनारा लाग्न सकेको छैन ।
यश मुद्दा समन्धी कम भएदा पनि फैसला नहुँदा बरामद काठ, सवारी साधन लिलाम नभएर वन कार्यालयको परिसरमा कुहिएर नष्ट भइरहेको सहायक वन अधिकृत यादवले बतए।
चोरी निकासी र अतिक्रमणबारे डिभिजन वन कार्यालयमा आर्थिक वर्ष २०४८÷४९ देखि २०७८÷७९ सम्म दर्ता भएका २०३ मुद्दाको फैसला अहिलेसम्म हुन सकेको छैन । मुद्दा सङ्ख्या न्यून रहेको महोत्तरीमा एक वर्षको अवधिमा सबैभन्दा बढी ०६७÷६८ मा २६ मुद्दा दर्ता भएको थियो ।
चोरी पैठारी भएको काठ बरामद भएको पाँच वर्षदेखि हालसम्म कुनै पनि मुद्दाको काठ लिलाम नभएको सशस्त्र वन सुरक्षा शाखाले जानकारी दिएको छ ।
शाखा परिसर र आसपासका जङ्गलमा वर्षौंदेखि राखिएका बहुमूल्य काठ कुहिन लगेको हो।















