काठमाडौं, असार ३०। संघीय संसदको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
यसअघि बुधबारको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए। साथै हिजोकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए।















