Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

एन्फा कार्यसमिति बैठक स्थगित

एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बिहीबार विहान एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको छ।

बैठकमा विभिन्न १८ वटा एजेन्डामा छलफल हुने तय भएको थियो। यसअघि सोमबार बस्ने तय भएको दोस्रो केन्द्रीय कार्यसमिति एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङ बिरामी भएपछि बिहीबारका लागि बोलाइएको थियो। अध्यक्ष पंकजबिक्रम नेम्बाङ र अरू पदाधिकारीबीच असहमति भएपछि बैठक स्थगित गरिएको हो।

ADVERTISEMENT

महिला साफ च्याम्पियनसिप आयोजना, पदपूर्ति समिति, नेपाल सुपर लिग, विशेष साधारण सभा, महिला लिगको दोस्रो चरण आयोजना, राष्ट्रिय लिग आयोजना, सहिद स्मारणक ए, बी र सी डिभिजन लिगको मिति घोषणा, ललित स्मृति यू-१८ प्रतियोगिता, एन्फा प्रवक्ता नियुक्ति र प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको एजेन्डामा छलफल हुने तय भएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

यी एजेन्डामध्ये सिईओ नियुक्तिको विषय पेचिलो बनेको थियो। भ्रष्टाचार गरेको ठहर गर्दै फिफाले प्रतिबन्ध लगाएका एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफ्ना छोरा गौरव थापालाई सिईओ बनाउन कसरत गरेका थिए।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का तथा उपाध्यक्ष विराटजंग शाही थापा र दीपक खतिवडाले अध्यक्ष पंकजबिक्रम नेम्बाङको प्यानलमा रहेर निर्वाचन जिते पनि उनीहरू पूर्वअध्यक्ष गणेश थापाको प्यानलमा लागेका थिए। त्यसो त नेम्बाङलाई निर्वाचन जित्नका लागि थापा पक्षको सहयोग थियो। २०७२ को कात्तिकमा फिफाले पूर्वअध्यक्ष थापालाई १० वर्षको प्रतिबन्ध लगाउदा उनका जेठा छोरा गौरव थापा पनि अप्रत्यक्ष रुपमा उक्त केसमा मुछिएका थिए।

एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालिन अध्यक्ष मोहमद बिन हमामले गौरवको खातामा एक लाख अमेरिकी डलर पठाएको समेत सार्वजनिक भएको थियो। त्यसपछि एएफसीका कर्मचारी गौरव जागिर छाडेर नेपाल फर्किएका थिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.