पार्वती सिंह, सप्तरी।प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर हुने उदेश्यका साथ इलाका प्रहरी कार्यालय महुली सप्तरीले नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको छ ।
बिहिवार इप्रका भवनमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । इलाका प्रहरी कार्यालय महुलीका प्रमुख सागिर राइनले विभिन्न राजनितिक दलका प्रमुख र प्रतिनिधि ,व्यापारी , होटल व्यवसाय , बुद्धिजीवी ,पत्रकार लगायतसंग जुनसुकै समयमा शान्ति सुरक्षा दिन तत्पर रहने बताए । प्रमुख क्षेत्रमा सिसि क्यामरा र नेट जडान गर्न जनप्रतिनिधिसंग आग्रह गरे । संविधान र कानुन भन्दा माथि कोही पनि हुनु हुदैन सबैले आ आफ्नो ठाउँबाट पालना गर्नुपर्नेछ प्रमुख राइनले भने ,मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, बिना हेल्मेटको मोटरसाइकल चलाउने , तीन चार जना सवार रहने गरेकोले दुर्घटनामा बृद्वि भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि अग्निसाइर कृष्णासवरन गाउपालिकाकी उपाध्यक्ष कल्पना चौधरीले समाजमा हरेक टोलटोलमा एक अर्काबीच नागरिकमैत्री भावनाले हेर्नुपर्छ भने, गापाको न्यायिक समितिमा आएको मुदा निस्वार्थ भई निर्णय गर्ने प्रतिबद्ध छु भनी कसैसँग कुनै भेदभाव नगर्ने बताइन ।
उक्त सुनुवाइ कार्यक्रममा अग्निसाइर कृष्णासवरन गापा वडा नम्बर ६ का अध्यक्ष अशोक आचार्य , ४ का तेजनारायण यादव, ३ का गोपाल चौधरी , १ का सबदुल खलिफा , एमालेका बोधराज सुवेदी ,पत्रकार बृजमान तमाङ,प्रिया सिंह थारु, रामनाथ चौधरी , होटल व्यवसायी मिलन चौधरी ,सदाबहार बचत सहकारीका संस्थापक हरिप्रसाद चौधरी , जनमत पार्टीका ललित यादव, दूध व्यवसायी संस्थापक प्रभुनाथ कोइराला , मो.साहबीर राइन लगायतकाले जिज्ञासा तथा सुझाव दिएका थिए ।
युवा राजाराम यादवद्वारा संचालित कार्यक्रममा स्वागत इलाका प्रहरी कार्यालय ट्राफिक प्रहरी सहायक निरिक्षक उतम भण्डारीले गरेकोे थियोे ।……..















