काठमाडौं । सप्तरीमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी डा. बाबुराम भट्टराई नेतृत्वको नेपाली समाजवादी पार्टी (नेसपामा) प्रवेश गरेका छन् ।
जसपा विभाजनपछि बनेको नेसपामा यतिबेला आकर्षण बढेको छ । उपेन्द्र यादवमा देखिएको व्यक्ति समस्याको कारण पार्टी छोड्नेहरुको संख्या बढ्दै गएको छ । र, बाबुराम भट्टराईको पार्टीमा प्रवेश बढ्न थालेका छन् ।
राजविराजमा केन्द्रीय सदस्य राजदेव राम, सत्यनारायण मण्डल, राधेश्याम पण्डित,संघीय परिषद सदस्य गुनानन्द चौधरी, रामकुमार चौधरी, जिल्ला सदस्य राजीव पैकरा, हनुमान मुखिया, अशोक यादव, दिनेश चौधरी, सुनिता चौधरी, अशोक साफी, हरिदेव साह, लखन साह, आविद हुसेन, महमद अजुव, दसनी यादव, रेखा साह, शम्भु सदा, हरि सदा, दिलव पासवान, सानी मगर लगायतले बैठक बसी नेसपामा प्रवेश गर्ने निर्णय लिएका छन् ।















