Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आज देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । पछिल्लो समय देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । आइतबार बिहान गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशका पहाडी भूभागमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

भारी वर्षाको सम्भावना रहेको देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा तराईका जिल्लामा बाढी आउन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नेपाललाई दुई बन्दरगाह प्रयोग गर्न बङ्गलादेशको प्रस्ताव

काठमाडौँ, साउन २२ गते । बङ्गलादेशले नेपाललाई आफ्ना दुई सामुद्रिक बन्दरगाहसहित एउटा विमानस्थल प्रयोग गर्न प्रस्ताव गरेको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सो प्रस्ताव गर्नुभएको हो । बङ्गलादेश भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले बन्दरगाह प्रयोगको प्रस्ताव गर्नुभएको हो ।

बङ्गलादेशले यसअघि पनि नेपाललाई आफ्ना मोङ्गला र चट्टोग्राम बन्दरगाह प्रयोगका लागि प्रस्ताव गरेको थियो । “हाम्रा मोङ्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सक्छ,” नेपाली टोलीसँग भेटका क्रममा उहाँले भन्नुभयो ।

बङ्गलादेशको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री हसिनाले द्विपक्षीय लाभका लगि आफ्नो सेयदपुर विमानस्थल पनि प्रयोग गर्न प्रस्ताव गर्नुभयो । उक्त विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो । “नेपालसहितका छिमेकी देशले विमानस्थल प्रयोग गर्न सक्नेछन,” उहाँले भन्नुभयो ।

ADVERTISEMENT

समितिका सभापति पवित्रा निरौला खरेल नेतृत्वको सो भेटमा दुवै पक्षले व्यवसाय र व्यापारमा आपसी लाभका लागि द्विपक्षीय सहयोगमा जोड दिएका थिए । भेटमा नेपाली टोलीले बङ्गलादेशसँग कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष मनाइरहेकाले पनि यस वर्ष दुई देशका लागि विशेष रहेको जनाएको थियो ।

त्यस्तै नेपाल र बङ्गलादेशबीच जलविद्युत्, पर्यटन, शिक्षा, आईसीटी, कनेक्टिभिटीलगायतका क्षेत्रमा पनि आपसी सहकार्य गर्न सक्ने टोलीले सुझाव दिएको थियो ।

त्यस्तै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन उच्चस्तरीय टोलीको नियमित भ्रमणलाई पनि नेपाली टोलीले जोड दिएको थियो । बङ्गलादेशले पछिल्लो समय पूर्वाधारलगायतको क्षेत्रमा हासिल गरेको विकास र त्यसको नेतृत्वका लागि नेपाली टोलीले प्रधानमन्त्री हसिनाको प्रशंसा गरेको थियो ।

नेपाली टोलीमा सांसदहरू चन्दतारा कुमारी, डा. दीपकप्रकाश भट्ट, देव तिमल्सिना, लीलादेवी सिटौला, नारदमुनि राना र सरलाकुमारी यादव सहभागी हुनुहुन्थ्यो ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ मा नेपालले बङ्गलादेशबाट ११ अर्ब २० करोड रुपियाँको वस्तु आयात गरेको छ । त्यस्तै नेपालले बङ्गलादेशमा ७२ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।

नेपालले बङ्गलादेशबाट मुख्यगरी आलु, भटमास, चकलेट, ब्रेडलगायतका वस्तु आयात गर्छ । नेपालले बङ्गलादेशमा मान्छेको कपाल, अदुवा, यार्सागुम्बा, अम्रिसो, जुसलगायत वस्तु निर्यात गरेको छ । गोरखापत्र अनलाईनबाट साभार

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.