राजविराज २७ श्रावण । डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को जिल्ला बैठक सम्पन्न भएको छ । जनता समाजवादी पार्टीबाट अलग भएका नेपाल समाजवादी पार्टीको सप्तरीमा यो दोस्रो बैठक हो । प्रदेश, जिल्ला, नगर र वडा कमिटीहरुलाई पूर्णता दिने बैठकले निर्णय गरेको छ ।
चुनावलाई लक्षित गरी कमिटीहरु छिटोभन्दा छिटो निर्माणका लागि केन्द्रीय सदस्य राजेश विद्रोहीले निर्देश गर्नुभएको छ । सयौंको संख्यामा उपस्थित नेताकार्यकर्ताहरुले जसपाबाट अलग भएपछि उनीहरुमा खुशी देखिएका थिए । यसअघि उपेन्द्र यादवसँग एकता भएपछि बाबुराम भट्टराई मात्र भएपछि उनीहरुलाई पुगेको जस्तो व्यवहार आफूहरूलाई गरेको दिपक यादवले जनाए ।
दिपकले भने, पार्टी एकता भएपछि हामीहरु निष्क्रिय भएका थियौँ । अस्तरै नमिल्नेहरुलाई गैरजिम्मेवारी र बिना सिस्टम जमिनदारी शैलीमा आसन ग्रहण गराउने तर नयाँ शक्तिबाट आएकाहरुलाई हेप्ने गरेको कारण निष्क्रिय हुनु परेको थियो । अब पार्टी ठिक ठाउँमा आएको छ । हामी सक्रियताकासाथ अगाडि बढ्ने बताए ।















