Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

माधवको चमत्कार, मन्त्री पद गुमाएका यी सांसदलाई दिए महत्वपूर्ण जिम्मेवारी

माधवको चमत्कार, मन्त्री पद गुमाएका यी सांसदलाई दिए महत्वपूर्ण जिम्मेवारी

 काठमाडौं । मन्त्रीबाट फिर्ता बोलाइएका नेकपा (एकीकृत समाजवादी)का सांसदहरुलाई संसदीय समितिको जिम्मेवारी तोकिएको छ। सरकारमा सहभागी तीन मन्त्रीलाई एकीकृत समाजवादीले फिर्ता बोलाएर नयाँ मन्त्री पठाएपछि मन्त्रीबाट फिर्ता बोलाइएका सांसदहरुलाई सभामुखको प्रस्तावमा संसदीय समिति सदस्यमा जिम्मेवारी दिइएको हो। जसमध्ये रामकुमारी झाँक्रीलाई अर्थ समिति, किसनकुमार श्रेष्ठलाई राज्य व्यवस्था तथा सुशासन समिति र विरोध खतिवडालाई सार्वजनिक लेखा समितिको सदस्यमा जिम्मेवारी दिइएको छ। त्यस्तै धनबहादुर बूढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ। निर्वाचनको घोषणासँगै नेताहरु आफ्नो निर्वाचन क्षेत्र खोज्न सुरू गरेका छन् । सत्ता गठबन्धन सबै निर्वाचन क्षेत्रमा सिट बाँडफाँटको काममा जुटेको छ ।

सत्तारूढ गठबन्धनका दल मिलेर लड्ने भएपछि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामले धेरै अर्थ राख्नेछ। दलहरू आ–आफ्ना संगठन र चुनावी गतिविधिहरूलाई तीव्रता दिँदै आन्तरिक मत लेखाजोखामा व्यस्त देखिन्छन् । काठमाडौं क्षेत्र नं २ मा भने कांग्रेसभन्दा एमाले अगाडि छ। यस क्षेत्रमा काठमाडौं महानगरका वडा नं ९ र ३२ वडा पर्छन्। कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९ अनि शंखरापुर नगरपालिका पर्छ। स्थानीय तहको निर्वाचनमा एमालेले यो क्षेत्रमा पर्ने वडाहरूमा १७ हजार ३ सय २५ मत पाएको छ भने कांग्रेसले १४ हजार १ सय २८ मत पाएको छ। यो क्षेत्रमा एकीकृत समाजवादीले ८ हजार ७४ मत पाएको छ। त्यस्तै राप्रपाले ७ हजार २ सय र माओवादी केन्द्रले ३ हजार १ सय ३१ मत पाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार माधवकुमार नेपालले २७ हजार ३ सय ६६ मत पाएका थिए। कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९ सय ३ मत ल्याएका थिए। यसपालि माधव नेपाल काठमाडौं -२ बाट उठ्ने /नउठ्ने टुंगो छैन। उनी गृह जिल्ला रौतहटबाट उठ्ने धेरै सम्भावना छ । रौतहटमा उनको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले सबैभन्दा धैरै मत ल्याएको छ। माधव नेपाल रौतहटमा उठेको खण्डमा काठमाडौं -२ बाट एकीकृत समाजवादीकी नेता रामकुमारी झाक्री उठ्ने सम्भावना छ। उनले एक अन्तर्वार्तामा गुल्मी वा काठमाडौं मध्ये १ ठाउँबाट निर्वाचन लड्ने बताएकी छन्। काठमाडौंमा एकीकृत समाजवादी सबैभन्दा बलियो भएको निर्वाचन क्षेत्र नम्बर-२ नै हो । त्यस्तै क्षेत्र नम्बर २ बाट माधवकुमार नेपाल उठे भने कांग्रेसले पक्कै छाड्ने छ। उनको निर्वाचन क्षेत्रमा रामकुमारी झाक्री उठ्ने भइन् भने पनि कांग्रेसलाई सो क्षेत्र छाड्ने दबाब हुनेछ। एमाले यहाँ बलियो भएका कारण पनि यो क्षेत्र छाड्न कांग्रेसलाई पनि गाह्रो हुने छैन।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गोलबजारमा तोडफोड र आगजनी प्रकरणमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा वडाध्यक्ष सोहेब अनवर पक्राउ

गोलबजारमा तोडफोड र आगजनी प्रकरणमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा वडाध्यक्ष सोहेब अनवर पक्राउ

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.