Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पुर्वमन्त्री आलम जेलमुक्त नभए जेलबाट नै सांसदीय पदमा चुनाव लड्ने – युवा मेयर आलम

पुर्वमन्त्री आलम जेलमुक्त नभए जेलबाट नै सांसदीय पदमा चुनाव लड्ने – युवा मेयर आलम

रौतहट।२०६४ सालको संसदीय निर्वाचनमा स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा जेल जिवन बिताइरहेका पुर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमका छोरा राजपुर नगरपालिकाका मेयर डा. मोहम्मद राजीक आलमले आफना बुबा अफताव आलम आउँदो मंसिर ४ गते हुने प्रतिनिभिसभा सदस्य निर्वाचनमा जेलबाट नै संघीय सांसद पदमा चुनाव लड्ने बताएका छन ।

कम्युनिष्ट सरकारले विभिन्न जालझेल र षड्यन्त्र गरी झुठा मुद्धामा आफना बुबा पूर्वमन्त्री आलमलाई फसाएको आरोप लगाउँदै मेयर आलमले बुबा अफताबलाई चुनाव अघि नै जेलमुक्त गराउने प्रयास भइरहेको बताएका छन् ।

ADVERTISEMENT

रौतहटको राजपुर नगरपालिकाको बैरियामा मंगलवार अबेर साँझ आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आलमले मंसिर ४ गते अघि बुबा अफताव आलम जेलमुक्त नभए जेलबाट नै भएपनि रौतहट क्षेत्र नं २ बाट सांसद पदमा नेपाली काँग्रेस पार्टीको तर्फबाट चुनाव लड्ने बताएका हुन ।

ADVERTISEMENT
ADVERTISEMENT

आफना बुबा आलम अदालतबाट न्याय नपाए मंसिर ४ गते हुने निर्वाचनमा जनताको अदालतबाट न्याय पक्कै पाउने आफु विश्वस्त रहेको उनले दाबी गरे । अदालत वा सरकारले न्याय नदिए आउँदो चुनावमा आलम सांसदमा लड्ने भएकोले सम्पुर्ण जनताले अत्याधिक जनादेश दिएर उनलाइ सांसदमा जिताएर जेलबाट मुक्त गराउने उनले बताए ।

जनमतबाट कसैले परासत गर्न नसक्ने भएको हुँदा केही विपक्षी नेताले कम्युनिस्टको सत्ताधारीहरू कुनै प्रमाण समेत नरहेको घटनाको बारेमा राजनीतिक प्रतिशोधको भावनाले मुद्धामा षड्यन्त्र गरी आलमलाई फसाइएको उनले बताए ।

सोही कार्यक्रममा बोल्दै रौतहट क्षेत्र नं २ का समानुपातिक प्रदेश सांसद शेख लालबाबु रसिदले कम्युनिष्ट सरकारले आफना पार्टीका नेता अफताव आलमलाई विना कारण झुठा मुद्धामा फसाएर जेल हाल्ने काम गरेको बताएका थिए ।
झुठा मुद्धामा फसाइएको आलम आउँदो निर्वाचनमा सांसदमा लड्ने र उनलाई न्यायप्रेमी जनताले भारी मतले जिताउनुपर्ने उनले धारणा राखे । जनताको जनादेशले आलम सांसदमा बहुमत सहित जित्ने र जनताले नै उनलाई जेलबाट मुक्त गराउनेमा आफु विश्वस्त रहेको समेत उनले बताए ।
नेपाली कांग्रेसका जिल्ला सचिव रामचन्द्र गिरीले कांग्रेसलाई सखाप पार्न खोज्ने राजावादी र राणाहरु आफै समाप्त भएको इतिहास रहेको बताउँदै अफताव आलमलाई सखाप गर्न खोज्ने नेकपा एमाले कम्युनिस्टहरू राजा एवं राणा जस्तै आफै समाप्त भएर जाने बताएका छन ।
आउँदो संघीय चुनावमा कांग्रेसका अफताव आलमले एमालेलाई नराम्ररी पराजित गर्दै सांसदमा बहुमत सहित विजयी प्राप्त गर्ने नेता गिरीले दावी गरेका छन ।
राजपुर नगरपालिका ९ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, जसपा, नेकपा एस, माओवादी केन्द्र सहित विभिन्न पार्टी परित्याग गरी ठुलो संख्यामा नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
राजपुर नगरपालिका वडा नं ९ का जसपाबाट वडाअध्यक्ष पदका प्रत्यासी नेता शेख अनवार अली त्यस्तै नेता शेख तैयब, शेख इस्तेखार, शेख सलाउदिन, शेख कुदुश, मोनालाल ठाकुर, शेख नसरूल, शेख मतिन, शेख सदाम, शेख समशाद, शेख जकाउल्लाह लगायतका सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्ने सबैलाई मेयर राजीक आलमले टिका र माला लगाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

ADVERTISEMENT

ट्रेन्डीङ्ग

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.