Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पश्चिम नवलपरासीका अधिकांश बिद्यालयमा दिवा खाजामा जंकफुड

पश्चिम नवलपरासीका अधिकांश बिद्यालयमा दिवा खाजामा जंकफुड

नवलपरासी । पश्चिम नवलपरासीका अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा गुणस्तरीय नभएको भेटिएको छ । नेपाल सरकारले विद्यालय सञ्चालन हुने दिनका लागि प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले खाजाबापत विद्यालयलाई रकम दिदै आएको छ । तर, विद्यालयले भने विद्यार्थीलाई जंकफुड खुवाउने र बालबालिकाका लागि हानि गर्ने पिरो, चिल्लो, अमिलो र अस्वस्थकर खाजा खुवाइरहेको पाइएको हो । जवकी सरकारले विद्यार्थीहरुलाई जंकफुड दिने बिद्यालयमा निषेध गरिएको छ ।

परासीका बिद्यालयहरुमा दिवा खाजाका बारेमा चौतर्फी गुनासो आएपछि रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव रामग्राम नगरपालिका–९ मा रहेको जनता माविमा खाजा खाने समय अनुगमनमा पुगे । नगर प्रमुख पुग्दा विद्यार्थीहरू लहरै बसेर खाजा खाँदै थिए । बिद्यालायले सो समयमा भुजा र पास्ता खुवाइँदै थियो । जंकफुड नखुवाउन यादवले विद्यालय प्रशासनलाई निर्देशन दिए । ‘विद्यार्थीलाई जंकफुडको लत छुटाउन र स्वस्थकर पौष्टिक आहारका लागि दिवा खाजा कार्यक्रम आएको हो,’ उनले भने, ‘तर, विद्यालयले पास्ता, चाउचाउ, भुजाजस्ता खाजा खुवाउने गरेको पाइयो । तत्काल स्वस्थकर खाजा खुवाउन निर्देशन दिएको छु ।’

जिल्लाका सामुदायिक विद्यालयका शिक्षकहरू भने सातामा ६ दिन नै फरक–फरक परिकार बनाएर खुवाउने गरेको दाबी गर्छन् । खाजा तयार गर्ने कर्मचारीसमेतको व्यवस्था गर्नुपर्दा समस्या परेको उनीहरूको गुनासो छ । जनता माविका प्रधानाध्यापक अश्विनीकुमार पाठकले विद्यार्थीलाई मेनु नै बनाएर हरेक दिन फरक–फरक परिकार खुवाउने गरेको बताए । ‘हरेक दिन फरक खुवाइन्छ । कहिलेकाहीं विद्यार्थीको माग र कर्मचारीले छिटोछरितोका लागि प्याकेटवाला खाजा खुवाएका होलान्,’ उनले भने, ‘आगामी दिनमा खाजा स्वस्थकर र पोसिलो खुवाउनेमा थप पहल गर्नेछौं ।’ सामुदायिक विद्यालयमा प्रारम्भिक बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययन गर्ने हरेक विद्यार्थीलाई दिवा खाजाको व्यवस्था छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

तर, जिल्लाका अधिकांश सामुदायिक विद्यालयले न मेनु तयार पारेका छन्, न त गुणस्तरमा नै ध्यान दिएका छन् । खाजा तयार पार्ने कर्मचारीको भरमा नै कार्यक्रम सञ्चालन भइरहेको छ । स्थानीय तह र शिक्षा शाखाको प्रभावकारी अनुगमन नहुँदा विद्यार्थी गुणस्तरीय खाजा खानबाट वञ्चित हुनुपरेको अभिभावकको गुनासो छ । ‘दिवा खाजाको विषयमा अभिभावक र स्थानीय तह दुवैले ध्यान दिएका छैनन्,’ बर्दघाट नगरपालिका–२ का देवीदत्त उपाध्यायले भने ।

जिल्लाका अधिकांश सामुदायिक बिद्यालयमा गुणस्तरहिन दिवा खाजा खुवाईरहेको अबिभावकको जनगुनासो छ । यसप्रति स्थानिय सरकारले सम्बन्धित बिद्यालयमा निरन्तर अनुगमन गर्ने जरुरी छ । बिद्यार्थीको स्वस्थ्यसंग खेलवार्ड गर्ने बिद्यालयलाई कानुनी दायरामा ल्याउने अभिभावकहरुको आवाज छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.