Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

परासीस्थित हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङका शिक्षकको कुटाईबाट बिद्यार्थीको फुट्यो कानको जाली

परासीस्थित हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङका शिक्षकको कुटाईबाट बिद्यार्थीको फुट्यो कानको जाली

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी रामग्राम – ४ बैरिहवा पालिका नजिकै रहेको हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलमा पढाउने एक शिक्षकले बिद्यार्थीलाई पिट्दा कानको जाली फुटेको छ । उक्त स्कुलमा अध्यनरत १२ बर्षिय छात्र निखिल कोहार कक्षा ५ मा पढ्ने बिद्यार्थी हुन ।

घट्ना गत साउन १९ गतेका दिनको हो । बिद्यार्थीले होमवर्क नगरेको निहुँमा शिक्षकले निखिललाई कुटेको हो । शिक्षक अस्लम सिद्धिकीले बिद्यार्थी कोहारलाई कक्षामा होहल्ला गरेको होमवोर्क नगरेको आरोपमा बालकको कानमा जोड्ले चार झापत हानेको पीडित बालक संग पढ्ने बिद्यार्थीहरुले बताए । घट्ना घटेको महिनौ दिन पुग्न लाग्दासम्म पनि बिद्यालयका प्रशासनले पीडित विद्यार्थीको उपचारमा चासो नदेखाएपछि घट्ना बाहिरिएको हो ।

ADVERTISEMENT

घट्ना घटेको दिनमा बच्चा स्कुलबाट घर अबेरसम्म नआएपछि पीडित विद्यार्थीका बुवा आफै स्कुल जादा बालकको कानबाट रगत बगिरहेको र ज्वरोले कामिरहेको अवस्था देखेपछि, सोधपुछ गर्दा शिक्षकले कुटेको खुलेको हो । त्यस पस्चात बालकलाई स्थानिय एसके मेडिकलमा गएर सामान्य उपचार गराएर घरमा ल्याएका थिए । तर, पीडित बालकले दुखाई सहन नसक्ने भएपछि पुनः परासीस्थित शिवम मेडिकल हलमा लगेर चेकजाँच गर्दा कानको जाली फुटेको डाक्टरले पुष्टि गरेका थिए । सो पश्चात् बिद्यालयले उपचार गर्ने आश्वसन दिएका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT

बिद्यालयको आश्वसनमा रहदा पीडित बालकको स्वास्थमा दैनिक समस्या बढेपछि बालकको अबिभावकले अप्रेसनको लागि बुटवलस्थित तिनाउ इन्टरनेशन अस्पतालमा पुन: भदौ ७ गते बिहान भर्ना गरि अप्रेसन गरेको थियो । सो अवधीसम्म बिद्यालयका प्रधानाध्यापक जनार्दन ठाकुरले केही वास्त नगरेपछि पीडित बालका अबिभावकहरुले अस्पतालमा रहेका बिरामीका कुरुवाहरुसंग पीडितको बारेमा कुरा गर्दा सो कुरुवाहरुले मिडियालाई कल गरि जानकारी गराएका थिए ।

मिडियाकर्मीहरुले बिद्यालयका प्रधानाध्यापक ठाकुरलाई कल गरि घट्नाको बास्ताबिक्ता बुझ्दा गल्तीको महसुस नगरी कानुनको बारेमा उल्टो पत्रकार र पीडित बालकका अबिभावकलाई सिकाउन प्रयास गरे । अभिभावकले बालकको अप्रेसनको दिन पटकपटक बिद्यालयको प्रधानाध्यापकलाई सम्पर्क गर्दा सम्पर्कमा नआउने भएपछि पीडित बालकलाई भदौं ८ गते अस्पतालबाट डिस्चार्ज गरि घरमा ल्याईएको थियो ।

पीडितका अबिभावक घरमा बालकलाई लिएर आईसके पछि प्रधानाध्यापक साझ घरमा भेट्न आएका थिए । सो समयमा पनि ठाकुरलाई आफ्नो बिद्यालयको गल्तिको महसुस भएको थिएन । तर, ठाकुरले अप्रेसनको खर्च मात्र ब्यहोर्ने भन्दै ४२ हजार रुपियाँ पीडित बालकको बुवाको खातामा पठाई घट्ना बाहिर नल्याउन चेतावनी दिएका छन ।

बिद्यालयका प्रधानध्यापक ठाकुरले ती बालकलाई मात्र नभई सयौं जना बिद्यार्थीलाई कुटेको छ र अझै पनि कुट्छु भनेर स्थानिय अबिभावक, गाउँका समाजसेवी र पत्रकारको अगाडि छाती खुलाएर भनेका थिए । ठाकुरले स्कुलमा बच्चालाई पिटने, गाली गर्ने, तर्साउने र परीक्षा भन्दा अगाडि अबिभावकले शुल्क नतिर्दा बिद्यार्थीहरु माथि ढुङ्गा राखेर शारीरिक यातना दिइएको बिद्यार्थीहरुले बताएका छन । केही महिना अगाडि सो बिद्यालयका शिक्षकले जितपुर, केरवानीका एकबच्चालाई पिटेर शरीर भरि निलडाम हुने गरि पिटेको पनि बाहिर आएको थियो ।

घटना बाहिरिएपछि बिद्यालयका प्रधानाध्यापक ठाकुरले पीडित बालक र आफन्तका बच्चाहरुलाई बिद्यालयमा पढ्न नपठाउन अबिभावकलाई जानकारी दिएको छ । पीडित बालकको अबिभावक बच्चाको पढाइ र भबिश्य माथि चिन्तित छन । यो समयमा अब कुन स्कुलमा लगेर पढाउने ? शैक्षिक शत्रको छ महिना बितिसकेको अबस्थामा अन्य बिद्यालयले बच्चाहरुको भर्ना लिन्छ कि लिदैन भनेर बच्चाहरुको पढाईको बारेमा चिन्तित भएका छन ।

उक्त बिद्यालयमा बच्चा पढाउने अबिभावकहरुले आफ्नो बाबुनानीहरुमाथि पनि यस्तो किसिमको यातना भएको छकि छैन, बुझ्नसमेत अबिभावकहरुलाई अपिल गरेका छन । उक्त बिद्यालयमाथि कार्बाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गरेका छन

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.