Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु ,मन्त्री श्रेष्ठ


अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु ,मन्त्री श्रेष्ठ

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको छ ।

बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय हवाई बिन्दु भएका कारण एयर कनेक्टिभिटी सहज नभएकाले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको हो । उहाँले सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश बिन्दु खुला गराउनका लागि भारतसँग छलफल शुरु गरेको बताउनु भयो । मन्त्री श्रेष्ठले नेपालले सिमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाई बिन्दु एउटामात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको बताउनु भयो ।

उहाँले नेपालले अहिले ४० देशहरुसँग दुईतर्फी हवाई उडान सम्झौता भइसकेको बताउँदै अब छिट्टै अमेरिका,रुस लगायतका देशमा सिधा उडान गर्ने तयारी शुरु गर्ने जानकारी दिनुभयो । उहाँले यसबाट नेपाललाई १२ महिना नै पर्यटकीय गन्तव्य स्थल बनाउन टेवा पुग्ने बताउनु भयो । मन्त्री श्रेष्ठले पर्यटकहरु नेपाल घुम्नको लागि १२ महिना नै आउनसक्ने हावापानी र वातावरण रहेको बताउनु भयो ।

ADVERTISEMENT
ADVERTISEMENT

उहाँले भन्नुभयो,‘ अहिले हवाई उडानको लागि ४० देशसँग सम्झौता गरेको छ । अमेरिका र रुस लगायतका देशहरुसँग हवाई उडानको सम्झौता गर्ने प्रक्रियामा अगाडि बढेको छ । नेपाल भूपरिवेष्ठित देशमा रहेका छौं । आकाश पनि नेपालले सिमित मात्रै प्रयोग गर्न पाउने अवस्था बनेको छ । अन्तर्राष्ट्रिय उडानहरु एउटा बिन्दुबाट मात्रै प्रवेश गर्न पाउँछ । अर्कोबाट प्रवेश गर्ने बिन्दु बन्न सकेको छैन । सरकारको प्राथमिकता भनेको अन्तर्राष्ट्रिय उडानको लागि महेन्द्रनगर,नेपालगञ्ज र भैरवालाई अगाडि बढाएका छौं । भारत सरकारसँग कुराकानी भइरहेको छ । तर त्यो खुलेको अवस्था छैन । अन्तर्राष्ट्रिय विमानस्थलहरु थप्दै सुधार गर्दै गएका छौं । पर्यटन क्षेत्रलाई सुधार गर्नको लागि नेपालमा पर्यटकहरु १२ महिना आउनसक्ने देश हो भनेर अगाडि बढाएका छौं । राउण्ड द एभर टुरिष्ट डेस्टिनेशन अभियान शुरु गर्दैछौं । नेपालको हावापानी,वातावरणको अवस्थाबाट १२ महिना नै पर्यटकहरु घुम्न आउने अवस्था र घुम्ने ठाँउहरु छ ।’

ADVERTISEMENT

 

पर्यटनमन्त्री श्रेष्ठले सरकार हवाई, जल, स्थल, रेल कनेक्टिभिटी सुदृढीकरणमा लागि प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले कनेक्टिभिटी विकास गर्नको लागि लगानी भित्र्याउन र लगानी बिस्तार गर्न सरकारले प्राथमिकता दिएको बताउनु भयो । मन्त्री श्रेष्ठले कनेक्टिभिटी बिना विकासको गति लिन सहज नहुने बताउनु भयो । उहाँले नेपालमा कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासको लागि हवाई, जल, स्थल, रेल कनेक्टिभिटीको आवश्यकता रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले एउटा मात्र मुलुकको पूर्वाधार विकासले विश्व आर्थिक रुपमा मजबुत हुन नसक्ने भन्दै रिजनल कनेक्टिभिटीलाई अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले क्षेत्रीयसँगै आन्तरिक कनेक्टिभिटीहरुको पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सडक,विद्युत,यातायात,हवाई र रेल मार्गको जस्ता कनेक्टिभिटीहरुको विकास बिना मुलुक विकासको गतिमा अगाडि बढ्न सक्दैनौं । मुलुकको आर्थिक विकासको रुपमा कृषि,जलस्रोत र पर्यटनलाई लिएका छौं । यी तीन वटै क्षेत्रको विकासको लागि कनेक्टिभिटीको आवश्यकता पर्छ । त्यसमा सडक,जलमार्ग,हवाई माग वा रेल मार्गको माध्यमले मात्रै कृषि,जलस्रोत र पर्यटन क्षेत्रको विकास अगाडि बढाउदै आर्थिक वृद्धि गर्नसक्छौं । अब विश्वमा पूर्वाधारमा कुनै एउटा देशको विकासले मात्रै जनतालाई आर्थिक रुपमा माथि उठाउने अवधारणामा माथि उठेका छौं । अब देशहरु बीचमा नै व्यवहारिक रुपमा विकासका गतिविधि अगाडि बढाउनुपर्ने आवश्यकता छ । एकअर्को देशले विकास निर्माणका काममा मिलेर अगाडि बढ्दा आर्थिक विकास गर्न सहज हुनसक्छ । नेपालमा आन्तरिक कनेक्टिभिटीहरुको आवश्यकता रहेको छ । नेपालमा रहेका ऐतिहासिक र प्राकृतिक रुपमा सौन्र्दय पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार अभावको कारण पर्यटकहरु जानसक्ने अवस्था बनेको छैन । हुम्लाबाट मानसरोवर हेर्न सक्छन् तर सडक सञ्जालको कारण जानसक्ने अवस्था छैन । सुन्दर रारा ताल,डोल्पाको से फोक्सुण्डो ताल नेपालसँग छ । तर त्यहाँ पर्यटकहरु जान सडक मार्गको समस्या रहेको छ । त्यहाँ बस्नको लागि राम्रो भौतिक पूर्वाधारहरुको सुविधाको अभाव छ । त्यहाँ पर्यटकहरु गएर बस्ने सहज रुपमा बन्नसकेको छैन । नेपालमा धेरै पर्यटकीय गन्तव्यहरु रहेका छन् । तर सडक मार्ग तथा भौतिक पूर्वाधारको विकास नहुँदा पर्यटक जाने विषयमा सहजता हुनसकेको छैन । यसरी पर्यटन आवगनमा वृद्धि गर्नसकेका छैनौं । सरकार कनेक्टिभिटिको क्षेत्रलाई सुधार प्रतिवद्ध छ । लगानी बढाउने विषयमा लागेको छ ।’

मन्त्री श्रेष्ठले पर्यटन प्रवद्र्धधनका लागि सुदूरपश्चिमको खप्तड, मानसरोवर नियाल्न सकिने हुम्ला, रारा, फोक्सुन्डो लगायत गन्तव्य तर्फका सडकमार्ग तयार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यी क्षेत्रमा सडक मार्ग तथा भौतिक पूर्वाधारको विकास हुनसके पर्यटकहरु सहजरुपमा जानसक्ने अवस्था रहेको बताउनु भयो ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.