जसपा नेपालका युवा नेता चन्द्र शेर यादवको होनडा को हरियो,बुलु कलरको सिबि साईन गाडी नम्बर ज १२ प ४२५७ नम्बरको बाईक पार्किङ स्थलबाटै चोरी भएको छ्।लहान स्थानीय निर्वाचन पछि पुनः गुंडा गर्दी चोर उच्चकाहरुको निकै फस्टाएका छन्।
लहानको मुख्य चौक मानिने तरकारी बजारबाट जहाँ निरन्तर नेपाल प्रहरीको सुरक्षा कर्मीको डिउटि राखीएको हुन्छ। प्रहरी
डिउटिको अगाडि बाटै बाईक चोरी हुने गरेको र प्रहरी मुख दर्शक हुन् पुगेको पीडित यादवको आरोप रहेका छन्। दिन प्रतिदिन लहान लगायत सिरहा भरि हत्या हिंसा र चोरी हुने गरेका छन्।सिरहाको लहान लगायत सिरहा जिल्ला भरी फितलो सुरक्षाको कारण चोरी हत्या हिंसाका घटनाहरु दिन प्रतिदिन बढदै गएको छ्।















