Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन

आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन

कपिलवस्तु २२ फागुन।मानब बेचबिखन विरुद्ध कृयाशिल सस्था आफन्त नेपाल बिगत २०६४ देखि यस कपिलवस्तु जिल्लामा आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । संस्थाले सिमा क्षेत्रमा अनुगमन गरि जोखिममा पर्न सक्ने महिला तथा किशोरी हरुलाई सुचना प्रबाह गरि सचेत गराउने र जोखिममा रहेका महिला तथा किशोरीहरुलाई उद्धार गरि पुनर्स्थापना गर्ने लगाएतका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।यसै सन्दर्भमा सस्थाले बिगत २ बर्षमा गरेका सम्पुर्ण गतिविधिहरुको परियोजना समिक्षा गरेको छ ।उक्त कार्यक्रम नगरपालिकाको सभाहल मा राखिएको थियो।

कार्यक्रम आफन्त नेपाल केन्द्रीय कार्यलय बाट आउनु भएको स्वस्तिक अर्याल को अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा नगरपालिकाका मेयर रजत प्रताप शाह ज्युको रहेको थियो । कार्यक्रमा बिशिस्ट अतिथि उपमेयर आरती देवी चौधरी ,ससस्त्र प्रहरी बल कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्य राज कोइराला, ईलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक लक्ष्मण ओली, अस्थाई प्रहरी चौकी लिंकगेटका प्रहरी नायब निरीक्षक धरम बहादुर खड्का , कृष्णनगर भन्सार कार्यलयका प्रमुख बासुदेव नेपाल , कृष्णनगर ट्राफिक प्रहरीका प्रमुख रन बहादुर भट्ट क्षेत्री , कृष्णनगर नगरपालिका पूर्व वडा अध्यक्ष संजय गुप्ता , उद्योग बाणिज्य संघ प्रतिनिधि पंकज गुप्ता, पर्यटन तथा होटल व्यवसायी संघ कृष्णनगर अध्यक्ष कमल जीसी, आफन्त नेपाल द्वारा गठन गरिएको श्री चेली कृषि सहकारी संस्थाकी अध्यक्ष अरुणा श्रेष्ठ लगायत मानव बेचबिखविरूद्ध काम गर्ने बिभिन्न संघ संस्था
को उपस्थिति रहेको थियो।

यस कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार विरुद्धमा बिभिन्न तह बाट सहायता पुर्याउनु हुने सम्पूर्ण सहयोगी दाता हरुलाई सम्मान तथा मायाको चिनो प्रदान नगर प्रमु रजत प्रताप शाहले वितरण गरेका थिए।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा मन्तव्य राख्ने क्रममा आफन्त नेपालकै कारण समुदाय मा धेरै प्रभाव भएको र धेरै दिदि बैनीहरु बोल्न सक्ने र हिंसा विरुद्ध आवाज निकाल्न सक्ने भएको जिकिर चेली कृषि सहकारि बाट आउने सुशीला दर्लामीले बताउनु भयो, त्यस्तै महिला नेतृ मिना परियारले आफन्त नेपालले जोखिममा रहेका र परेका महिला तथा किशोरीहरुको जिबन रुपान्तरणमा जुन किसिमले काम गरेको छ त्यो जति प्रसंशा गरे पनि नपुग्ने बिचार ब्यक्त गर्नु भयो ।
मन्तब्य कै क्रमामा ईलाका प्रहरी कार्यलयका कार्यलय प्रमुख लक्ष्मण ओलीले मानव बेचबिखन जस्तो जघन्य अपराध लाई न्यूनीकरण गर्नु पर्ने र यस्ता कार्य बाट उद्धार गरि उनिहरुको जिबन रुपान्तरण गर्नु यो जस्तो मानवीय पुन्य काम केहि हुन नसक्ने बताउनु भयो । नगर प्रमुखले यस बिषयलाई स्थानीय सरकारले कसरि सहायता गर्न सक्छ हामी सधै तपाईं हरुको साथ र सहयोग गर्न तयार छौं भनि प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

ADVERTISEMENT

कार्यक्रममा आफन्त नेपालले २ बर्ष मा भएका आर्थिक आय ब्ययलाई समेत प्रस्तुत गरेको थियो जसमा आफन्त नेपाले गर्दै आएको काममा सबैले साथ र सहयोग दिदै आएको र सस्थाले विशेष उद्धार गरिएका चेलीहरुको जीबनमा गरेको काम को प्रसंशा सबै सहभागीले गरेका थिए ।

कार्यक्रममा आफन्त नेपालको वार्षिक प्रगती विवरण आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्माले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन आफन्त नेपालकी क्षेत्रीय संयोजक उषा गुरुङ ले गरेकी थिइन्।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.