Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरीको एक स्थानिय तहमा डिपिआर र सिसि क्यामराकाे नाममा ब्रह्मलुट

सप्तरीको एक स्थानिय तहमा डिपिआर र सिसि क्यामराकाे नाममा ब्रह्मलुट

राजविराज।जिल्लाको छिन्नमस्ता गाउँपालिकाले डिपिआर र सिसि क्यामरा खरिदमा लाखौं रकम अनियमितता गरेको पाइएको छ ।आर्थिक वर्ष २०७९ र ०८० मा सो पालिकाले नियमबिपारित विभिन्न कार्यमा लाखौं रकम हिनामिना गरेको महालेखा परिक्षणको प्रतिवेदनले देखाएको हो।

आर्थिक वर्ष २०७९ र ०८० मा यस पालिकाले डिपिआरमा ५८ लाख २ हजार २ सय ९० रुपैयाँ हिनामिना गरेको महालेखा परिक्षणको प्रतिवेदन २०८१ ले जनाएको छ।यससँगै यो पालिकाले सिसि क्यामरा जडान तथा मेशनरी औजार खरिदमा समेत ३६ लाख ७ हजार २ सय २० रुपैयाँ अनियमितता गरेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६९ अनुसार परामर्श सेवा सम्बन्धी कार्य गर्दा क्षेत्रगत कार्यशर्त तयार गर्नुपर्ने व्यवस्था छ।सो व्यवस्था अनुरुप कामको उदेश्य,कार्यक्षेत्र,सम्पादन गर्ने कार्य,कामको योग्यता लगायतको उल्लेख गर्नुपर्दछ।
तर यस पालिकाले वडा नम्बर १ बरही पोखरी क्रीकेट मैदान,डिहिबार मन्दिर डिपिआर,छिन्नमस्ता मन्दिर वित्तचित्र,गाउँपालिका एन्थेम निर्माण र छायांकन,बिधालय अनुगमन प्रणाली,ई.सिफारिस व्यवस्थापन प्रणाली,अन्लाईन सुची प्रणाली,व्यवसाय दर्ता प्रणाली,अपांग परिचयपत्र तथा ज्येष्ठ नागरिक व्यवस्थापन प्रणाली र दर्ता चलानी व्यवस्थापन प्रणाली सफ्टवेयर निर्माण कार्यको डिपिआर हुँदा मिल्दोजुल्दो देखिने कार्यहरूमा पालिकाले कार्यप्रकृति अनुसार एउटै प्याकेज गरि प्रतिस्पर्धात्मक तवरले कार्य गर्नुपर्नेमा छुट्टाछुट्टै टुक्रा गरि पटकपटक कार्य गरिएकोले खरिद कार्यमा अनियमितता गरेको परिक्षणमा उल्लेख छ।

ADVERTISEMENT

त्यसैगरी यस पालिकाले गाउँपालिकाभरि सरकारी संस्था तथा बजार क्षेत्रहरुमा ३६ लाख ७ हजार २२० रुपैयाँँको सिसिटिभि जडान तथा मेसिन औजार खरिद गर्न बजेट व्यवस्था भएकोमा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ अनुसार खरिद कार्यलाई एकीकृत गरि बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्नेमा सो प्रक्रिया पुरा नगरी खरिद गरेको पाइएको छ।सो पालिकाले विभिन्न ६ वटा सप्लायर्सलाई ३६ लाख ७ हजार २२० रुपैयाँ भुक्तानी दिएको पाइएको छ।यसरी दिएको भुक्तानीमा समानको गुणस्तर र जडान भएनभएको यकिन हुन नसक्ने अवस्था देखाउँदै मलेपले प्रमाण पेशगर्नुपर्ने गरि अनियमितता देखाएको हो।

ADVERTISEMENT
ADVERTISEMENT

आन्तरिक राजस्व बढाउन नसक्ने यो पालिकाले स्यानिटरी प्याडसमेत महगो दररेटमा खरिद गरिएको पाइएको छ।बजारमा पर्ने ४५ रुपैयाँको स्यानिटरी प्याड यो पालिकाले मुल्य अभिवृद्धि करसहित ८५ रुपैयाँँ ८८ पैसा प्रति प्याकेटको दरमा खरिद गरिएको पाइएको छ।मुकेश ट्रेडस एन्ड सप्लयार्सलाई कोटेसन मार्फत ६ लाख ८१ हजार ८ सय ८७ रुपैयाँमा ७ हजार ९ सय ४० प्याकेट स्यानेटरी प्याड खरिदमा सैद्धान्तिक बेरुजु रहेको महालेखाले जनाएको छ ।

यस पालिकाको ७ करोड १४ लाख ७० हजार बेरुजु देखिएको छ।छिन्नमस्ता गाउँपालिकाको गत वर्षसम्म २७ करोड ४५ लाख ७ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको बेरुजु ३४ करोड ५९ लाख ७७ हजार रहेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.