संजु कुमारी दास, सिरहा।गोलबजारमा २५ औं अन्तराष्ट्रिय युवा दीवसको अवसरमा +२ र एसइइ उतिर्ण गरेको किशोरीहरुको सहभागितामा शिक्षाको महत्व र सरोकार वालाहरुको भुमिका विषयक अन्तरक्रिया र संविधानमा भएको मौलिक हक अन्तर्गत बालबालिकाको हक र शिक्षाको हक बारे विस्तृत रुपमा जानकारीदीनुका साथै विद्यार्थिहरुको सम्मान गरी मनाइएको छ ।
मुक्ति नेपालको आयोजनामा संचालित उक्त कार्यक्रम गोलबजार नगरपालिका वडा नम्बर ३ का वडाधयक्षको अध्यक्षतामा मुक्ति नेपालको शान्ति केन्द्रमा भएको थियो । सम्मानित हुने हरुमा गोलबजार नगरपालिका ४ मा रहेको श्री जनता बाल क्लब की अमृता साह र मन्दीप महरा ,एकता किशोरी समुह गोलबजार ३ निपानेकी सम्झना साह, कोपिला किशोरी समुह गोलबजार ३ निपाने की नविता साह र अंजली कुमारी साह, लक्ष्मी किशोरी समुह गोलबजार ५ की सन्तोशी सिंह दनुवार, लालीगुँरास किशोरी समुह सिरहा १२ सारस्वर की गुंजा ठाकुर, कोपिला किशोरी समुह सिरहा ११ भलुआही की मनिषा साह, गरी ७ जना किशोरीलाई प्रशंसा पत्र र खादा ओढाई सम्मान गरी मनाइएको छ ।
सहभागि किशोरहिरुले विद्यालयमा शिक्षाको अवस्था र अन्य बाहिरी समस्या हरुले गर्दा पढाईमा कसरी असर परि रहेको छ विषयमा चर्चा परिचर्चा गरेका थिये । स्कुलमा कमप्युटर हुदा पनि हामीलाई कहिले पनि कमप्युटर ल्याब लगेन, स्कुलमा व्यवस्थापन सिमति न भएकोले स्कुलमा भएको स्रोत साधनको राम्रो संग उपयोग गर्न पाउदैनौ, शौचालय छ तर डस्टबीन छैन, खाने पानीको पनि अभाव छ हामीले ल्याब पुस्तकालय र एस्तै अन्य साधनको उपयोग र फाइदा लिन सकी रहेको छैन । हामीलाई स्कुलमा राजनिति गर्ने नेता होइन हाम्रो शिक्षामा सहयोग गर्ने राम्रो पहुच बढाउने एउटा कुशल अभिभावक चाहिन्छ श्री सारस्वर नाथ मा.वि. सिरहाकी गुंजा ठाकुरले भनिन् ।
हामी स्कुलमा हुदा रजस्वला भएको बेला हाम्रो लागि नै आएको प्याड माग्न जादा प्याकेट बाट झीकेर एउटा दीन्छ । हामीलाई पैकेटनै दीनु हुन्न । हामीले पटक पटक माग्न लाज लाग्छ र प्याड फेर्न गाह्रो हुन्छ किनकी शौचालय छन् तर शौचालय भित्र डस्टबीन छैन, सरकार द्वारा ल्याएको योजना पिरीएड भएकै कारण स्कुलको पढाई बाट बालिकाहरु बंचित नहोस् भनी स्कुलमा निःशुल्क प्याडको व्यवस्था गरीएको थियो तर स्कुलको रबैयाले गर्दा हामी त्यस्तो अवस्थामा स्कुल न गई घरमा बसौ की लाग्न थालेको अमृता साह को गुनासो थियो ।
हाम्रो समुदायमा प्रायः एसइइ वा +२ गरे पछि अभिभावकले विहे गरी पठाई दीने चलन रहेको छ । तर मुक्ति नेपालले गर्दा अब यो सोच र चलनमा परिवर्तन आएको देखिन्छ । अब किशोरी हरु आफै सचेत भई अभिभावक लाई पनि बुझाई आफ्नो लक्ष्य निर्माणमा अगाडी बढेको देखिन्छ । हामी संग शिक्षा भयो भने हामी जसरी भए पनि आफ्नो जिविको पार्जन राम्रो संग गर्न सक्छौं । तपाइ यस्तो शिक्षा प्राप्त गर्नुस् की जागिर खोज्न तपाइले जानु नपरोस् तपाईलाई जागिरले खोजोस् । गोलबजार ३ का वडाध्यक्ष धन प्रसाद लामाले भन्नु भयो ।
त्यस्तै संविधानमा रहेको मौलिक हक सम्बन्धि प्रावधान विषयमा छलफल गर्दै मुक्ति नेपालको कार्यक्रम संयोजक धिरेन्द्र साहले आफ्नो अधिकार कतै कसै बाट हनन् गरेको पाइएमा हामीले आवाज उठाउनु पर्छ र हाम्रो हकको बारे हामीले जानी राख्नु पर्छ । युवा हाम्रो देशको बलियो स्तम्भ छन् । भोलीका कर्ता धर्ता तपाइहरुनै भए पछि आउदो भविष्य निर्माण का लागि आजै देखि सुरुआत गर्नु आवश्यक रहेको भन्दै युवा हरुको हौसलामा उर्जा थप्दै युवाहरुको उज्जवल भविश्यको कामनाका साथ कार्यक्रम सम्मपन्न भएको थियो ।















