प्रहरीकै आँखा अगाडि सुलेयाम तस्करी ,बर्हरी कचनारी, नाकाबाट रात दिनौ लाख रुपैया बराबरको तस्करी भईरहेको छ ।
सिमा क्षेत्रमा खटिएका प्रहरीले आँखा मिच्ची तस्करी गर्न तस्करहरुलाई दिएको हो। यो भिडियो हेर्नुस् ।
नेपालबाट भारत हरियो र सेतो मटर, स्याऊ, मदिरा, सुपारी, तस्करी भइरहेको छ ।
भारतबाट नेपालतर्फ कपडा, चिनी, खैनी, प्याज, मरिच र रजनिगन्धा जस्ता समान तस्करी भइरहेको छ।
स्थानीयका अनुसार सर्वसधारणले ५ किलो चिनी र ५ लिटर तेल ल्याउँदा किचकिच गर्ने प्रहरी लाखौंको समानल्याउने तस्करहरूलाई देखे पनि नदेखेको जस्तो गर्छन ।
तस्करले घुमुवा समेतलाई मिलाएपछि सरकारको राजश्व गुडिरहेको छ।
सम्बन्धित निकाय मौन बसेका छन् । प्रहरीका उच्च अधिकारीसम्म घुमुवा मार्फत तस्करीबाट उठेको रकम पुग्ने गरेको स्रोतको दावी छ ।















