काठमाडौँ । काठमाडौं उपत्यकामा आज विजयादशमीको अवसरमा नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ। सार्वजनिक यातायात न्यून चल्ने भएकाले नागरिकलाई टीका थाप्न र अन्य अत्यावश्यक कामका लागि सहज आवतजावत होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।
प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले एक रुटमा नक्सालबाट बालुवाटार, चक्रपथ, नयाँ बसपार्क, कलङ्की हुँदै फिर्ता बस चल्ने र अर्को रुटमा नक्सालबाट गौशाला, एयरपोर्ट, कोटेश्वर, सूर्यविनायक हुँदै पुन: नक्साल आइपुग्ने जानकारी दिए।















