काठमाडौं, २७ असोज – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा सहभागी हुन आज इटाली प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) द्वारा आयोजित यो मञ्च रोममा आयोजना हुँदैछ।
मन्त्री अधिकारीको नेतृत्वमा प्रतिनिधिमण्डलमा मन्त्रालयका उच्च अधिकारीहरू र प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापालगायत सदस्यहरू सहभागी छन्। यस बैठकमा नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा भएका प्रगति तथा अनुभवहरू प्रस्तुत गर्नेछ।
बैठक १४ अक्टोबरदेखि सुरु भई १८ अक्टोबरसम्म सञ्चालन हुनेछ। मन्त्री अधिकारीको टोलीले नेपालले खाद्य क्षेत्रमा गरेका सुधार र समसामयिक चुनौतीहरूको विषयमा मञ्चमा धारणा राख्ने अपेक्षा गरिएको छ।















