Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

युएईमा मृत्यु भएका व्यक्तिका परिवारलाई डेढ लाख रुपैया सहयोग

युएईमा मृत्यु भएका व्यक्तिका परिवारलाई डेढ लाख रुपैया सहयोग

राजबिराज । मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली नागरिक योगेन्द्र भेडिहरको परिवारलाई १ लाख ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

समाजको नेपाल इकाईकी अध्यक्ष डा. बबीसिंह यादवले फागुन ११ गते बुधबार धनुषाको सबैला नगरपालिका १२, रघुनाथपुरमा रहेको मृतक भेडिहरको घरमा पुगेर उनकी पत्नी रुबी राउतलाई एक लाख ४० हजारको चेक र १० हजार रुपैया नगद हस्तान्तरण गरेकी हुन् । मृतकका श्रीमती र नौ महिनाकी छोरी छन् भने परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ ।

ADVERTISEMENT

मधेशी एकता समाजका संस्थापक एवं सल्लाहकार डा. रवीन्द्रकुमार यादवका अनुसार मृतकको शवलाई नेपाल फर्काउने काममा समेत समाजले आर्थिक सहयोग गरेको थियो । मधेशी एकता समाज संसारभरि छरिएर रहेका नेपालका मधेशी प्रवासीहरूमाझ एकताको भावनालाई सञ्चार गर्दै उनीहरूको सुखदुःखमा सदासर्वदा साथ दिन सन् २०२१ मा दुबईमा स्थापना भएको हो ।
मृतक भेडिहार भ्रमण भिसामा युएई गएका थिए । भ्रमण भिसामै रहेको बेला उनले जागिर पाए । तर श्रम स्वीकृति र जीवन बीमासहित अन्य कागजात उनीसँग थिएन ।

ADVERTISEMENT
ADVERTISEMENT

सधैझैँ कामबाट फर्किएर राति सुत्न गएका भेडिहारको पुस ५ गते राति सुतिरहेकै ठाउँमा मृत्यु भएको थियो । कागज दुरुस्त नभएकोले उनको शवलाई नेपाल फर्काउन निकै कठिनाइ भयो । मृतक भेडिहारले काम गर्ने कम्पनीले आवश्यक कागजातको अभाव र कानुनी व्यवस्थाका कारण उनको शवलाई स्वदेश पठाउन अस्वीकार गर्याे ।

मृतकसँग श्रम स्वीकृति, बीमालगायत कागजात नरहेकोले पहलकर्ताले प्रशासनिक कठिनाइका साथै आर्थिक कठिनाइको सामना गर्नुपरेको थियो। विभिन्न संस्थाहरूले हातेमालो गर्दै उनको शवलाई नेपाल फर्काउने अभियान शुरू गरेका थिए । त्यसमा जोडिँदै मधेशी एकता समाजका उपाध्यक्ष श्रीकृष्ण ठाकुरले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई फागुन ४ गते राति नेपाल वायु सेवा निगमको जहाजबाट स्वदेश पठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.