काठमाण्डौ।देशभर पश्चिमी वायु र पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै अन्य भू-भागमा मौसम प्राय: सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
आज रातीको लागि पनि पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको स्थिति कायम रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली सहित मौसम सफा रहनेछ।















