महेश सिंह सिरहा लहान ७ बैशाख – श्रीमान गुमाएका पीडित महिलालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोद्वारा १४ लाख रकम भुक्तानी गरेको छ्।सप्तरीको शम्भुनाथ नगरपालिका वाडा नम्बर १२ अरनहा कुलापट्टी बस्ने सुरत लाल चौधरी र ठकनी देवी चौधरीको जेठो छोरा ३९ बर्षको धर्मेन्द्र चौधरीले वैदेशिक रोजगारीको लागीको साउदी पुगेका थिए।
चौधरीलाई बिदेश गएको एक हप्ता नबितदै स्वासमा खराबी भएर २०७८-९-४ गते मृत्यु भएको थियोे। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बिमा अभिलेख नम्बर FE 1000242075 रहेको छ्। मृतकको परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित महिला कमला कुमारी चौधरीलाई माछापुच्छ्रे बैंकको १४ लाखको चेक दिएर सहयोग गरेका छन् ।















