काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलरको खरिददर १३४.२९ रुपैयाँ र बिक्रीदर १३५.८९ रुपैयाँ छ। युरोपियन युरोको खरिददर १४२.११ रुपैयाँ र बिक्रीदर १४२.७८ रुपैयाँ, पाउण्ड स्टर्लिङको खरिददर १७१.४३ रुपैयाँ र बिक्रीदर १७२.१९ रुपैयाँ छ।
अष्ट्रेलियन डलरको खरिददर ८६.८० रुपैयाँ र बिक्रीदर ८७.१८ रुपैयाँ, क्यानेडियन डलरको खरिददर ९६.२१ रुपैयाँ र बिक्रीदर ९६.६४ रुपैयाँ छ। जापानी येन १० को खरिददर ८.१० रुपैयाँ र बिक्रीदर ९.०६ रुपैयाँ तथा चिनियाँ युआनको खरिददर १८.५६ रुपैयाँ र बिक्रीदर १८.६० रुपैयाँ निर्धारण गरिएको छ।
कुवेती दिनारको खरिददर ४३९.७४ रुपैयाँ र बिक्रीदर ४४१.६९ रुपैयाँ, ओमानी रियालको खरिददर ३५१.४२ रुपैयाँ र बिक्रीदर ३५२.९७ रुपैयाँ रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ।
विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा अद्यावधिक रूपमा हेर्न सकिने जनाइएको छ।















