Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कृषि ऐनको अभावले किसानहरू अझै प्रताडित सप्तरीमा सार्वजनिकनिजी सुनवाइ

कृषि ऐनको अभावले किसानहरू अझै प्रताडित सप्तरीमा सार्वजनिकनिजी सुनवाइ

सिरहा लहान २०मंसिर – ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण र उनीहरूको अधिकारको पहिचानलाई अघि बढाउन संयुक्त राष्ट्रसंघीय निकायहरूको सहकार्यमा सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा एकदिने सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। दिदीबहिनी नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा करिब ५० जना ग्रामीण महिला कृषकहरूको सहभागिता रहेको जानकारी आयोजक संस्थाकी प्रतिनिधि अनु पोखरेलले दिइन्।
उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघीय महिला संगठन (UN Women), खाद्य तथा कृषि संगठन (FAO), अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD), र विश्व खाद्य कार्यक्रम (WFP) को समन्वय र सहकार्यमा सञ्चालन गरिएको हो। सिरहा र सप्तरीका विभिन्न गाउँपालिकामा लागू गरिएको यो परियोजनाले ग्रामीण महिलाहरूको आर्थिक उत्थानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्य लिएको छ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको उपस्थिति रहेको थियो। वरिष्ठ लेखक तथा अनुसन्धानकर्ता रिता साहले सहजीकरण गर्दै ग्रामीण महिला कृषकहरूको भूमिकाबारे प्रकाश पारिन्। उनले व्यावसायिक खेतीको आवश्यकता लगायत कृषि क्षेत्रमा देखिएका चुनौतीहरू समाधानका उपायमा केन्द्रित गम्भीर छलफल गरिन्। साहले भनिन्, “नेपाल कृषि प्रधान देश हो तर महिला किसानहरू सिँचाइ, मल-खाद आपूर्ति, विद्युत् सेवा र उचित बजार पहुँचबाट वञ्चित छन्। यी मुद्दा राज्यका लागि प्राथमिक हुनुपर्छ।”
कार्यक्रममा सहभागी महिला कृषकहरूले आफ्नो अनुभव र समस्या प्रस्तुत गरे। वडा नं. ४ की गौरी कृषक समूहकी सदस्य फूलकुमारी मण्डलले मल-खाद र सिँचाइको अभावले समयमा लगाइएको बाली समेत नष्ट हुने गरेको गुनासो गरिन्। उनले उत्पादन भएको अन्नबालीलाई उचित मूल्य नपाउँदा किसानहरूको मनोबल घट्ने बताइन्।
त्यस्तै, जलेश्वर नाथ कृषक समूहकी अगुवाई सुवर्णप्रभा रायले किसानहरूको समस्या सुन्न कोही तयार नभएको गुनासो गरिन्। उनले भनिन्, “किसानहरूको समस्या कहिल्यै समाधान हुँदैन। राज्यले कृषिलाई प्राथमिकता दिएर ठोस योजना ल्याउनुपर्छ।”
गाउँपालिकाका कृषि शाखा प्रमुख उदय कान्त झाले किसानहरूलाई प्राविधिक तालिम र सुसूचित बनाउनुको आवश्यकता औँल्याए। उनले भने, “बर्खायाममा किराको प्रकोप र बाढीको जोखिमबाट बच्न उपयुक्त बालीको छनोट र माटो परीक्षण अनिवार्य छ।” उनले कृषकहरूलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्न गाउँपालिकामा रहेका १६२ समूहहरूसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिने बताए।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले किसानहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएर कृषि क्षेत्रमा सुधार गर्न प्रतिबद्धता जनाए। उनले भने, “हामीले स्थानीय स्तरमा कृषकका लागि ७/८ वटा कार्यविधि तयार गरेका छौँ। दक्ष जनशक्तिको अभावका कारण काम ढिला भए पनि छिट्टै कृषि ऐन निर्माण गरेर कृषि विकासको नमूना प्रस्तुत गर्ने योजना छ।”
कार्यक्रमको समापनमा दिदीबहिनी संस्थाकी प्रतिनिधि रिता साहले ग्रामीण महिलाहरूको सशक्तिकरण र उनीहरूको पहुँच सुनिश्चित गर्न संस्थाले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिइन्। उनले भनिन्, “महिला कृषकहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउन सहजीकरण गरिनुपर्छ। उनीहरूको योगदानलाई सम्बोधन गरेर आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउने हाम्रो लक्ष्य हो।”
यस सार्वजनिक सुनुवाइ कार्यक्रममा किसानहरूले मल-खाद आपूर्ति, सिँचाइको सुविधा, व्यवसायिक खेतीका तालिम, र उत्पादनको उचित बजार व्यवस्थापनका विषयमा आफ्ना गुनासा राखेका थिए। कार्यक्रममा स्थानीय सरकार, कृषि विभागका अधिकारी, र महिला कृषकहरूको उपस्थिति रहेको थियो।
यस कार्यक्रमले महिला कृषकहरूको समस्या सम्बोधन गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिने अपेक्षा गरिएको छ। राज्यले तीन तहको सरकारमार्फत कृषि ऐन र किसानमैत्री नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा सहभागी सबैको सहमति थियो।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.