Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको सक्रियतामा ४ महिनामा साढे सात करोडको अवैध सामानहरु भन्सार बुझायो

सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको सक्रियतामा ४ महिनामा साढे सात करोडको अवैध सामानहरु भन्सार बुझायो

कृष्णा यादव बीरगंज १५ बैशाख। सशस्त्र प्रहरी बल पर्साले करिव साढे सात करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा र मातहत रहेको बिओपीका युनिटहरुले फाल्गुन महिना देखी चैत महिनाको अन्तिम साता सम्ममा अबैध रुपमा तस्करहरुले भन्सार छलेर नेपाल भित्रयाउदै गरेको लत्ताकपडा , हाडयेवर , सटिङ्सुटिग , मरिच, मोटर , छोहडा लगाएतका अवैध सामानहरु ७करोड ५५ लाख ५३ हजार ७ सय ७३ रुपैया बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएकाछन । सशस्त्र प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले पर्सामा २०७८ साल माघ ३ गते देखी जिल्लामा कार्यभार सम्भाले देखी नै तस्करीको सामान धमाधम पक्राउ गरी छोटो अवधिमा बीरगंज भन्सार कार्यालयमा यति बढि राजशव बुझाउने पहिलो पर्साका एसपी हुन सफल भएका छन् । सशस्त्र प्रहरीले ३¸०५¸५००।- रुपैयाको हुण्डी रकम पक्राउ गरि राजश्व अनुसंधान बिभागमा बुझाईएको बताउनुभयो ।त्यसै गरि नेपालवाट भारत तर्फ ईज्जात प्राप्त बिना लैजादै गरेको ऊट र हात्ती सहित २ ब्यक्तिलाई नियन्त्रण लिई बुझाएको छ। कटुवा पेस्तोल १ थान सहित उक्त पेस्तोलमा प्रयोग हुने ७.६२ मिमी राउण्ड १ थान नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध लागू अौषध गाँजा १११केजी , चरेश४.८७० केजी,अफिम३ केजी,ब्राउनसुगर १०० मिलि ग्राम,नाईट्रभार्ट ट्याबलेट १८३२पी, वोनिकोरेक्स ५ बोतल,स्पापोरोस ट्याबलेट ३२,फेनार्गन ६ ,नोर्फिन २ एम्पुल,डाईजापाम ६ ट्याबलेट, निट्राजिमपाम ६० पी सहित मानव बेचबिखन लगाएत विभिन्न अापराधिक गतिविधिमा संलगन रहेका २४ जना मानिसहरू पक्राउ गरि प्रहरीमा बुझाएको एसपी पोखरेलले बताउनुभयो । उनीले ४२८ क्युफिटको अवैध काठ करिब १३ लाख ७ हजार ७८० रुपैया मुल्य बराबरको बरामद गरि वन कार्यालयमा बुझाएका छन्न भन्ने भारतवाट अवैध रुपले भित्राएका बोईलर कुखुरा ३५८ केजी र ५०० गोटा कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेका छन्।उहाले भारतवाट अवैध रुपले भित्राएको विभिन्न परजातीको पशुपंक्षीहरु ४ लाख ४२ हजार ३५० रुपैया मूल्य बराबरको बरामद गर्नुभएको हो। सश्स्त्र प्रहरी उपरिक्षक पोखरेलले आफनो प्रहरी संगठन भित्र गलत काम गर्ने प्रहरी जवानहरु देखी प्रहरी अधिकृतहरुलाई पनि कारवाही गरी सुधार ल्याएको छन । त्यसैगरि हरेक महिनामा पटकपटक प्रहरी संग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको र निर्वाचनको बेलामा जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउन सहित चोरी पैठारीमा नियन्त्रण गर्ने बिअोपी पतिहरुलाई कडा निर्देशन दिने गरेको उनी बताउछन ।

ADVERTISEMENT

प्रहरी उपरीक्षक पोखरेलले सशस्त्र प्रहरी ऐन बिपरीत कार्य गरेका एक दर्जन भन्दा बढी सशस्त्र प्रहरीहरुलाई कारबाही गरेका छन्। सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले आफुले पर्साका सशस्त्र प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको ग्रामीण भेगका सिमासुरक्षाको साथै शान्ति सुरक्षा सहित सिमानाकाहरुमा चुनावको माहोलमा बढी तस्करी हुने गरेकोले चोरी पैठारी नियन्त्रणको कडा भन्डा कडा कडाई गरेको बताउनुभयो।
जिल्लामा शान्ति सुरक्षाको निमित्त बाक्लो उपस्थिति रहनु¸ सीमा सुरक्षालाई प्रभावकारी बनाउन प्रतिकुल मौसम र भूगोलमा न्यून साधनश्रोतको भरमा पनि बाक्लो तैनाथी गराउन सफल हुनु¸ कोभिड १९ को जोखिमका बेलामा सीमाको सुरक्षालाई अझ सबलीकृत तुल्याउनु¸ बिपद् ब्यवस्थापनमा जुनसुकै स्थानमा शीघ्र तैनाथी भई तत्परताका साथ कार्य गर्ने सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा र मातहत बेश बि.ओ.पि. सामु आउँदै गरेको चुनावलाई लक्षित गरी शान्ति सुरक्षा¸ सीमा सुरक्षा र जनताको जीउधनको सुरक्षा गर्नु अर्को प्रमुख जिम्मेवारी थपिने र सो चुनौती पनि सफलता साथ पुरा गर्नेमा कुनै दुईमतमा नरहेको सशस्त्र प्रहरी बल नेपाललाई नजिकबाट नियाली रहेका स्थानीय बुद्घिजिवी¸सरोकारवाला निकाय¸ स्थानीय भद्र भलाद्मीहरुको भनाई रहेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.