Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

भगवानपुर–२ मा पूर्वविद्यार्थीको प्रेरणादायी कार्यक्रम: सरकारी सेवातर्फ आकर्षण

भगवानपुर–२ मा पूर्वविद्यार्थीको प्रेरणादायी कार्यक्रम: सरकारी सेवातर्फ आकर्षण

महेश सिंह, लहान-भगवानपुर गाउँपालिका-२, नहरा रिगौलस्थित लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले विद्यालयका हालका विद्यार्थीहरूलाई सरकारी सेवातर्फ आकर्षित गर्न विशेष अतिरिक्त क्रियाकलापको आयोजना गर्दै आएका छन्। कुलत तथा नकारात्मक गतिविधिबाट टाढा राख्दै विद्यार्थीलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउने उद्देश्यसहित प्रत्येक वर्ष विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

ADVERTISEMENT

विद्यालयका शिक्षक महेश कुमार यादवका अनुसार पूर्वविद्यार्थीहरूले व्यक्तिगत रूपमा आर्थिक स्रोत संकलन गरी कार्यक्रम आयोजना गर्ने गरेका छन्। यस वर्षको कार्यक्रम विद्यालयका पूर्वविद्यार्थी सरोज कुमार यादवको विशेष पहल र नेतृत्वमा सम्पन्न भएको हो।
माघ ११ गते भगवानपुर गाउँपालिका- २ मा अवस्थित लक्ष्मी नारायण कौशल्या जनता मा.वि. को प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताहरूको आयोजना गरियो। म्युजिकल चेयर प्रतियोगितामा छात्रातर्फ लक्ष्मी नारायण कौशल्या जनता मा.वि. बहराले प्रथम स्थान हासिल गर्दा हनुमान प्रसाद जनता मा.वि. इनर्वा द्वितीय स्थानमा रह्यो। छात्रतर्फ राउन्ड मुभिङ रेसमा बालसुन्दरी मा.वि. भगवानपुर प्रथम स्थान प्राप्त गर्न सफल भयो।

ADVERTISEMENT
ADVERTISEMENT

डोरी तान प्रतियोगितामा छात्रतर्फ लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहरा तथा छात्रातर्फ बालसुन्दरी मा.वि. भगवानपुरले पहिलो स्थान हात पारेका छन्। हाजिरी जवाफ प्रतियोगितामा लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहराले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो।
यस वर्षको ‘च्याम्पियन्स अफ द इयर’ को उपाधि लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहराले हात पार्न सफल भएको छ। प्रतियोगितामा विद्यालयका विभिन्न तहका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
विद्यालयका प्रधानाध्यापक जीवछ प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय

जनप्रतिनिधि,शिक्षक,अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रधानाध्यापक यादवले कार्यक्रमको प्रभावकारिता उल्लेख गर्दै पूर्वविद्यार्थीहरूप्रति आभार प्रकट गरेका थिए।
कार्यक्रममा पूर्वविद्यार्थी बिनोद कुमार यादवले समुदायका युवाहरूले समाज सुधार र शिक्षित समाज निर्माणमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताए। स्थानीय मनोज कुमार यादवका अनुसार यसखाले कार्यक्रमले समाजमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।
पूर्वविद्यार्थी अशोक कुमार यादवले कार्यक्रमलाई प्रेरणादायी र उदाहरणीय बताउँदै यसले विद्यार्थीहरूलाई सरकारी सेवातर्फ प्रेरित गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरे।

कार्यक्रमको संयोजक तथा सरोज कुमार यादवको नेतृत्व विशेष पहलमा अनुशासित, मर्यादित तथा निस्पक्ष रूपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छन्। उनले सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय पूर्वविद्यार्थी मञ्चको तर्फबाट सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिइएको छ। कार्यक्रमले विद्यार्थीको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...