Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

रिङ्कुकुमारी प्रकरण: प्रहरी अनुसन्धानले नयाँ मोड लियो, आठजना नियन्त्रणमा

रिङ्कुकुमारी प्रकरण: प्रहरी अनुसन्धानले नयाँ मोड लियो, आठजना नियन्त्रणमा

Oplus_131072

लहान ।सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरमा किशोरी रिङ्कुकुमारी सदाको रहस्यमयी मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै आठजनालाई नियन्त्रणमा लिएको छ।

छानबिन समितिका संयोजक वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू पञ्चायतमा संलग्न, प्रत्यक्षदर्शी र घटनालाई मिलाउन दबाब दिनेहरू हुन्। अनुसन्धानको क्रममा उनीहरूले आर्थिक प्रलोभनमार्फत पीडित परिवारलाई घटनालाई दबाउन बाध्य पारेको सम्भावना रहेको भन्दै प्रहरीले आवश्यक प्रमाण संकलन गरिरहेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, माघ २७ गते राति शौच गर्न बाहिर निस्किएकी रिङ्कुलाई अपहरण गरी सामूहिक बलात्कार गरिएको थियो। अचेत अवस्थामा घर फर्काइएकी उनले आफूमाथि बलात्कार भएको जानकारी परिवारलाई दिएकी थिइन्। तर, घटनालाई दबाउन स्थानीय तहबाट पहल गरिँदै गाउँमै पञ्चायत बसेको खुलासा भएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

माघ ३० गते उनको शव झुन्डिएको अवस्थामा भेटिएको थियो। सुरुमा आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिए पनि बलात्कारको तथ्य बाहिर आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले नयाँ समिति गठन गरी अनुसन्धानलाई थप गहिराइमा लैजाने निर्णय गरेको हो।

पीडित परिवारले बलात्कारमा संलग्न तीन जना र दबाब दिने पाँच जना गरी आठ जनाविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक तथा लेनदेन मिलापत्रसम्बन्धी जाहेरी दिएका छन्। जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरू भने हालसम्म पक्राउ परेका छैनन्।

शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको भए पनि अहिलेसम्म रिपोर्ट सार्वजनिक नभएको प्रहरी स्रोतले जनाएको छ। अनुसन्धानको निष्कर्षपछि दोषीमाथि कडा कानुनी कारबाही अघि बढाइने बताइएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.