महेश सिंह सिरहा लहान २० बैशाख – सिरहाको कल्याणपुर नगरपालिका ६ मा स्वतन्त्रबाट मो.मतिबुल राईन उमेदवारी दिएका हुन्।उनी पछिल्लो निर्वाचनमा पनि स्वतन्त्रबाट निर्वाचित भएका थिए।उनले बिगतमा गरेको समाजसेवाको कारण जनताले उनलाई निर्वाचित गरेका थिए।
जनतामा निकै लोकप्रियता कमाएका उनी बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनबाट पुनः वाडा अध्यक्षमा दोहरीन उनले मनोनयन दर्ता गराएका हुन्।जनताले आफुलाई पुनः जितायो भने बिकासको लहर नै ल्याउँछु उनले बताए।















