काठमाडौं — बैंकिङ प्रणालीलाई चुनौती दिँदै करिब १८ अर्ब रुपैयाँ बराबरको अवैध आर्थिक कारोबारमा संलग्न २१ जना पक्राउ परेका छन्। प्रहरीले मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी, चितवनलगायत ११ जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का अनुसार, विदेशबाट विप्रेषण रोकिँदा मौकाको फाइदा उठाउँदै रकमको अवैध आप्रवाहमा संलग्न समूहले डिजिटल वालेट कम्पनीहरूको नाममा नेपाली बैंक खातामा रकम जम्मा गरी, त्यही रकमलाई विभिन्न रेमिट्यान्समार्फत भुक्तानी गर्दै आएको खुलेको छ।
पक्राउ पर्नेमा वीरेन्द्र प्रसाद साह, दीपेन्द्र प्रसाद साह, श्रवणकुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुण कुमार साह, प्रदीपकुमार साह, संजीवकुमार महतो, राजकमल लोनिया, भिमकुमारी गुरुङ, राम विलास साह तेली, ममता कुमारी साह, बिकर्ण जंग राणा, गणपती पाण्डे, सलमा खातुन, सुशीला कुमारी शाह, गोविन्द प्रसाद आचार्य र शम्भु महतो रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले भन्सार छली, चोरी पैठारी, अवैध सुन कारोबार र कर छलिका लागि गैरकानुनी रूपमा रकम भित्र्याउने र प्रेषणको जालो फैलाउने कार्यमा संलग्न थिए।















