Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेशमा भूमि विधेयकको विरोध तीव्र: उपेन्द्र यादवले दिए जनविद्रोहको चेतावनी

मधेशमा भूमि विधेयकको विरोध तीव्र: उपेन्द्र यादवले दिए जनविद्रोहको चेतावनी

महेश सिंह लहान –भूमि व्यवस्थापनसम्बन्धी सरकारको प्रस्तावित विधेयकको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चर्को विरोध जनाउँदै जनविद्रोहको चेतावनी दिएका छन्।

सप्तरीको राजविराजमा आयोजित जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै यादवले सरकारमाथि मधेश विरोधी नीति अपनाएको गम्भीर आरोप लगाए। उनले मधेशको प्राकृतिक स्रोत र स्थानीय जनताको पहिचानमाथि योजनाबद्ध प्रहार भइरहेको बताए।

ADVERTISEMENT

यादवले भने, “चुरे क्षेत्रको विनाश, वन फडानी र पहाडबाट ल्याइएका भूमाफियालाई मधेशमा अवैध रुपमा बसोबास गराउने षड्यन्त्र भइरहेको छ। यस्तो अवस्थामा मधेशी जनता मौन बस्ने छैनन्। भूमि विधेयक फिर्ता नभए जनविद्रोह अपरिहार्य छ।”

ADVERTISEMENT
ADVERTISEMENT

उनले वर्तमान सरकारको नीति मधेशलाई मरुभूमितिर धकेल्ने खालको भएको उल्लेख गर्दै पानीको अभाव, भूमिगत जलस्तर घट्दो क्रममा रहेको र कृषक समुदाय संकटमा परिरहेको तथ्य औंल्याए। चुरे क्षेत्रको रक्षा नै मधेशको जल–सुरक्षाको मेरुदण्ड भएको भन्दै उनले वन क्षेत्रको अन्धाधुन्ध दोहन बन्द नगरे मधेशको जमिन बाँझो हुने चेतावनी दिए।

अध्यक्ष यादवले आर्थिक विभेदको विषय पनि उठाउँदै भने, “४० प्रतिशत जनसङ्ख्यालाई ८९ प्रतिशत बजेट छुट्याइन्छ भने ६० प्रतिशत मधेशी जनताका लागि जम्मा ११ प्रतिशत बजेट पर्याप्त कसरी हुन्छ?”

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको संरचना निर्माण गरेको भए पनि जबर्जस्ती लादिएको र जनसहमति विना लागू गरिएकाले यस्तो व्यवस्था बदनाम भइरहेको उनको टिप्पणी थियो।

उपेन्द्र यादवको वक्तव्यले मधेशमा बढ्दो असन्तुष्टि र राजनीतिक अस्थिरता झल्काउँछ। स्थानीय हितविरुद्धको नीति र निर्णयको विरुद्ध जनआन्दोलनको चेतावनीले आगामी दिनमा मधेश केन्द्रित राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.