Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सदियौँदेखि वञ्चित मुसहर समुदायलाई शिक्षा,सशक्तीकरणतर्फ उन्मुख गराउने प्रयास तीव्र

सदियौँदेखि वञ्चित मुसहर समुदायलाई शिक्षा,सशक्तीकरणतर्फ उन्मुख गराउने प्रयास तीव्र

महेश सिंह लहान-लहान नगरपालिका–१७ स्थित बलानसैरमा मुसहर युवा सञ्जालले सञ्चालन गर्दै आएको शिक्षा–मुखी जनचेतना कार्यक्रम तेस्रो चरणमा प्रवेश गरेको छ। “हमर बच्चा हमर प्राण, शिक्षा मे दियौ योगदान” भन्ने मूल नारासहित चालु गरिएको अभियानले मुसहर समुदायका बालबालिकालाई नियमित विद्यालय उपस्थित गराउने लक्ष्यसहित निरन्तरता पाउँदै आएको छ।

लहान नगरक्षेत्रका वडा नं. १ देखि २४ सम्मका ६८ मुसहर बस्तीलाई समेट्ने गरी अघि बढाइएको अभियानको उद्देश्य बालबालिका विद्यालय समयमा स्कूलमै देखिनु पर्ने र समुदायमा शिक्षा, स्वास्थ्य तथा सरसफाइप्रति व्यवहारगत परिवर्तन ल्याउनु रहेको सञ्जालले जनाएको छ।

ADVERTISEMENT

मुसहर युवा सञ्जालका युवा अगुवाहरूका अनुसार, गरिबी, सामाजिक उपेक्षा र अवसरहीनताबीच पुस्तौंदेखि पछाडि पारिएको समुदायलाई शिक्षामार्गबाट उठाउने लक्ष्यसहित अभियान सुरु गरिएको हो।
उनहरूका शब्दमा— “शिक्षा नै परिवर्तनको एक मात्र बाटो हो।”

ADVERTISEMENT
ADVERTISEMENT

अभियानले अभिभावकहरूलाई शिक्षाको आवश्यकता र फाइदाबारे सचेत गराइरहेको छ भने बालबालिकालाई विद्यालय आकर्षित गर्ने कार्यक्रम नियमित गरिने जनाएको छ।

पहिलो चरण जटियाही (वडा १२), दोस्रो चरण मेनहर्वा (वडा १५) र तेस्रो चरण बलानसैर (वडा १७) मा सम्पन्न गरिएको अभियानलाई अब हरेक शनिबार विभिन्न मुसहर बस्तीहरूमा निरन्तर सञ्चालन गर्ने तयारी गरिएको छ।

युवाहरूले शिक्षा प्राप्त भएपछि आर्थिक सशक्तीकरण, अधिकार अभिव्यक्तिको क्षमता र समुदायको पहिचान परिवर्तन सम्भव हुने धारणा राखे। अभिभावक तथा स्थानीयवासीले विद्यालय समयमा बालबालिका घर वा बाहिर नदेखिने प्रतिबद्धता पनि जनाएका छन्।

मुसहर समुदायकै युवाहरूले सञ्चालन गरेको यो पहल स्थानीय नेतृत्व, जागरण र सामाजिक रुपान्तरणको प्रभावकारी मोडेलका रूपमा अगाडि बढिरहेको छ।
अभियानले समुदायकै भित्रबाट दिगो परिवर्तन सम्भव हुने स्पष्ट संकेत दिएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.