Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सदियौँदेखि वञ्चित मुसहर समुदायलाई शिक्षा,सशक्तीकरणतर्फ उन्मुख गराउने प्रयास तीव्र

सदियौँदेखि वञ्चित मुसहर समुदायलाई शिक्षा,सशक्तीकरणतर्फ उन्मुख गराउने प्रयास तीव्र

महेश सिंह लहान-लहान नगरपालिका–१७ स्थित बलानसैरमा मुसहर युवा सञ्जालले सञ्चालन गर्दै आएको शिक्षा–मुखी जनचेतना कार्यक्रम तेस्रो चरणमा प्रवेश गरेको छ। “हमर बच्चा हमर प्राण, शिक्षा मे दियौ योगदान” भन्ने मूल नारासहित चालु गरिएको अभियानले मुसहर समुदायका बालबालिकालाई नियमित विद्यालय उपस्थित गराउने लक्ष्यसहित निरन्तरता पाउँदै आएको छ।

लहान नगरक्षेत्रका वडा नं. १ देखि २४ सम्मका ६८ मुसहर बस्तीलाई समेट्ने गरी अघि बढाइएको अभियानको उद्देश्य बालबालिका विद्यालय समयमा स्कूलमै देखिनु पर्ने र समुदायमा शिक्षा, स्वास्थ्य तथा सरसफाइप्रति व्यवहारगत परिवर्तन ल्याउनु रहेको सञ्जालले जनाएको छ।

मुसहर युवा सञ्जालका युवा अगुवाहरूका अनुसार, गरिबी, सामाजिक उपेक्षा र अवसरहीनताबीच पुस्तौंदेखि पछाडि पारिएको समुदायलाई शिक्षामार्गबाट उठाउने लक्ष्यसहित अभियान सुरु गरिएको हो।
उनहरूका शब्दमा— “शिक्षा नै परिवर्तनको एक मात्र बाटो हो।”

ADVERTISEMENT
ADVERTISEMENT

अभियानले अभिभावकहरूलाई शिक्षाको आवश्यकता र फाइदाबारे सचेत गराइरहेको छ भने बालबालिकालाई विद्यालय आकर्षित गर्ने कार्यक्रम नियमित गरिने जनाएको छ।

पहिलो चरण जटियाही (वडा १२), दोस्रो चरण मेनहर्वा (वडा १५) र तेस्रो चरण बलानसैर (वडा १७) मा सम्पन्न गरिएको अभियानलाई अब हरेक शनिबार विभिन्न मुसहर बस्तीहरूमा निरन्तर सञ्चालन गर्ने तयारी गरिएको छ।

ADVERTISEMENT

युवाहरूले शिक्षा प्राप्त भएपछि आर्थिक सशक्तीकरण, अधिकार अभिव्यक्तिको क्षमता र समुदायको पहिचान परिवर्तन सम्भव हुने धारणा राखे। अभिभावक तथा स्थानीयवासीले विद्यालय समयमा बालबालिका घर वा बाहिर नदेखिने प्रतिबद्धता पनि जनाएका छन्।

मुसहर समुदायकै युवाहरूले सञ्चालन गरेको यो पहल स्थानीय नेतृत्व, जागरण र सामाजिक रुपान्तरणको प्रभावकारी मोडेलका रूपमा अगाडि बढिरहेको छ।
अभियानले समुदायकै भित्रबाट दिगो परिवर्तन सम्भव हुने स्पष्ट संकेत दिएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.