Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा स्व. प्रमानन्द महतोको सम्झनामा बिशाल श्रद्धाञ्जली सभा तथा ऐतिहासिक मृत्यु भोज

लहानमा स्व. प्रमानन्द महतोको सम्झनामा बिशाल श्रद्धाञ्जली सभा तथा ऐतिहासिक मृत्यु भोज

महेश सिंह लहान,सिरहा –सिरहा जिल्लाको नवराजपुर गाउँपालिका– टोल मेनहा घर भई हाल लहान नगरपालिका–७ निवासी स्वर्गीय प्रमानन्द महतोको ७८ वर्षको उमेरमा असामयिक निधन भएको छ।
वि.सं. २००४ सालमा जन्मनु भएका स्व. महतो औषधि व्यवसायी तथा समाजसेवी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँ नेपाल कुशवाहा कल्याण समाज क्षेत्र कार्य समिति क्षेत्र नं. १ तथा नेपाल कुशवाहा कल्याण समाज लहान नगर कार्य समितिसँग आबद्ध रहँदै सामाजिक सेवामा सक्रिय योगदान पुर्‍याउँदै आउनु भएको थियो।
उहाँको निधनले कुशवाहा समुदाय मात्र नभई समग्र समाजले एक असल अभिभावक, समाजसेवी तथा मार्गदर्शक व्यक्तित्व गुमाएको नेपाल कुशवाहा कल्याण समाजले जनाएको छ। समाजद्वारा जारी शोक वक्तव्यमा दिवंगत आत्माको चिरशान्ति र स्वर्गवासको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
स्व. प्रमानन्द महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका छोरा राम अवतार महतोले बुबाको निधनको अवसरमा कुशवाहा समुदायको इतिहासमै सबैभन्दा ठूलो मृत्यु भोजको आयोजना गर्नुभएको छ। उक्त भोजमा कुशवाहा समुदायका साथै अन्य समुदायका व्यक्तिहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो, जसमा लाखौँ रुपैयाँ बराबरको खर्च भएको जनाइएको छ।
उक्त श्रद्धाञ्जली सभा तथा मृत्यु भोज कार्यक्रममा पूर्व मन्त्री शत्रुधन प्रसाद सिंह, पूर्व युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, नेपाल कुशवाहा कल्याण समाजका पूर्व केन्द्रीय अध्यक्ष तपेश्वर महतो, जिल्ला अध्यक्ष राम अवतार महतो, नेपाल कुशवाहा विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मुकेश महतो, समाजसेवीहरू राम नारायण महतो, दिनेश महतो, राम उदगार महतो, राजा राम महतो, प्रेम कुशवाहा, लहान–३ का वडा अध्यक्ष राम दियाल महतो लगायत हजारौँ कुशवाहा समुदायका व्यक्तिहरूको उपस्थिति रहेको मृतकका छोरा राम अवतार महतोले जानकारी दिनुभयो।
छोरा महतोले “अन्नदान महादान हो” भन्ने मान्यतालाई आत्मसात् गर्दै बुबाको मृत्यु भोज कुशवाहा समुदायको इतिहासमै उदाहरणीय र स्मरणीय बनेको बताउँदै उक्त कार्यक्रम व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.