Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

महेश सिंह सिरहा लहान –“देश चलाउन संविधान र संस्था चलाउन विधान आवश्यक हुन्छ।” सिरहा जिल्ला टेन्ट व्यवसायी संघको पहिलो जिल्ला स्तरीय अधिवेशनका क्रममा सरोकारवालाहरूले उक्त कुरामा जोड दिएका छन्।

अधिवेशनलाई सम्बोधन गर्दै वक्ताहरूले लाखौँ-लाख लगानी गरेर पनि व्यवसायीहरू बिचल्लीमा परेको गुनासो व्यक्त गरे। पूर्व जिल्ला अध्यक्ष धनेश्वर यादवका अनुसार हाल सिरहा जिल्लाभरि करिब ११ सयको संख्यामा टेन्ट व्यवसायीहरू रहेका छन्।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष यादवले भावुक हुँदै भने, “सधैँभरि हामी अरूका लागि मञ्च (स्टेज) बनाउने गर्थ्यौँ, तर आज हामीले आफ्नै लागि मञ्च बनाएका छौँ, यो हाम्रा लागि निकै गर्वको कुरा हो।” उनले व्यवसायमा ठूलो र सानो नहुने उल्लेख गर्दै सबै व्यवसायीहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

ADVERTISEMENT
ADVERTISEMENT

समावेशी समिति र एकरूपतामा जोड
कार्यक्रमका विशिष्ट अतिथि एवं मधेश प्रदेश खेलकुद संयोजक तथा संस्थापक अध्यक्ष राजेश गुप्ताले समिति चयन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिनुपर्ने र काम गर्न सक्ने सक्षम व्यक्तिहरूलाई रोज्नुपर्ने सुझाव दिए।

त्यस्तै, धनगढीमाई नगरपालिका वडा नं. २ का अध्यक्ष सूर्य नारायण यादवले विधानअनुसार समिति गठन गर्न र भाडा/दरभाउमा जिल्लाभरि एकरूपता कायम गर्न ध्यानाकर्षण गराए। उनले ध्वनि प्रदूषणका कारण व्यवसायीहरूले भोग्नुपरेका समस्या समाधानका लागि हक-अधिकारको आवाज उठाउनुपर्नेमा जोड दिए।

आपत्कालीन कोष खडा गर्न प्रमुख अतिथिको सुझाव

कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले कानुनसम्मत रूपमा समिति निर्माण गर्न आग्रह गरे। काम गर्ने सिलसिलामा आउन सक्ने सम्भावित आपत्कालीन घटना र समस्याहरूलाई तत्काल समाधान गर्न व्यवसायीहरूले एउटा ‘सानो आपत्कालीन कोष’ खडा गरेर संगठनलाई अगाडि बढाउनुपर्ने सुझाव उनले दिए।

ADVERTISEMENT

यसैगरी, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले संगठन निर्माण र व्यवसायीका हक-हितका लागि सिरहाका सम्पूर्ण पत्रकारहरूको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

कुन प्रसाद कामतीको अध्यक्षतामा सुरु भएको उक्त अधिवेशनमा विशिष्ट अतिथि राजेश गुप्ता, वडा अध्यक्ष सूर्य नारायण यादव, पूर्व अध्यक्ष सूर्य नारायण महतो, पत्रकार महासंघका जिल्ला सभापति मनोज बनैता, सुभक महतो लगायतका विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।
अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनका लागि बन्द सत्र सुरु भएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.