काठमाडौं, असार ३० । काठमाडौंको नागार्जुन नगरपालिका – ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । राती एक बजे हर्सनखोलाका ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेर आक्रमण गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
चितुवाको आक्रमणबाट भट्टराईका घरका पाँच जना सदस्य घाइते भएको उनले बताए । घाइतेहरूको काठमाडौको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइते पाँचै जनाको शरिरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।















