रोल्पा, श्रावण २। रोल्पामा एक पुरुष मृत भेटिएका छन् । रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मृतकको शव रुन्टीगढी गाउँपालिका – ४ सुर्पालस्थित युवराज रानाको मकैवारीमा फेला परेको हो ।
घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।















