काठमाडौं। आज बिहान लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ का केही भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । उक्त क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
देशका अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।















