Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

माधवको चमत्कार, मन्त्री पद गुमाएका यी सांसदलाई दिए महत्वपूर्ण जिम्मेवारी

माधवको चमत्कार, मन्त्री पद गुमाएका यी सांसदलाई दिए महत्वपूर्ण जिम्मेवारी

 काठमाडौं । मन्त्रीबाट फिर्ता बोलाइएका नेकपा (एकीकृत समाजवादी)का सांसदहरुलाई संसदीय समितिको जिम्मेवारी तोकिएको छ। सरकारमा सहभागी तीन मन्त्रीलाई एकीकृत समाजवादीले फिर्ता बोलाएर नयाँ मन्त्री पठाएपछि मन्त्रीबाट फिर्ता बोलाइएका सांसदहरुलाई सभामुखको प्रस्तावमा संसदीय समिति सदस्यमा जिम्मेवारी दिइएको हो। जसमध्ये रामकुमारी झाँक्रीलाई अर्थ समिति, किसनकुमार श्रेष्ठलाई राज्य व्यवस्था तथा सुशासन समिति र विरोध खतिवडालाई सार्वजनिक लेखा समितिको सदस्यमा जिम्मेवारी दिइएको छ। त्यस्तै धनबहादुर बूढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ। निर्वाचनको घोषणासँगै नेताहरु आफ्नो निर्वाचन क्षेत्र खोज्न सुरू गरेका छन् । सत्ता गठबन्धन सबै निर्वाचन क्षेत्रमा सिट बाँडफाँटको काममा जुटेको छ ।

ADVERTISEMENT

सत्तारूढ गठबन्धनका दल मिलेर लड्ने भएपछि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामले धेरै अर्थ राख्नेछ। दलहरू आ–आफ्ना संगठन र चुनावी गतिविधिहरूलाई तीव्रता दिँदै आन्तरिक मत लेखाजोखामा व्यस्त देखिन्छन् । काठमाडौं क्षेत्र नं २ मा भने कांग्रेसभन्दा एमाले अगाडि छ। यस क्षेत्रमा काठमाडौं महानगरका वडा नं ९ र ३२ वडा पर्छन्। कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९ अनि शंखरापुर नगरपालिका पर्छ। स्थानीय तहको निर्वाचनमा एमालेले यो क्षेत्रमा पर्ने वडाहरूमा १७ हजार ३ सय २५ मत पाएको छ भने कांग्रेसले १४ हजार १ सय २८ मत पाएको छ। यो क्षेत्रमा एकीकृत समाजवादीले ८ हजार ७४ मत पाएको छ। त्यस्तै राप्रपाले ७ हजार २ सय र माओवादी केन्द्रले ३ हजार १ सय ३१ मत पाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार माधवकुमार नेपालले २७ हजार ३ सय ६६ मत पाएका थिए। कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९ सय ३ मत ल्याएका थिए। यसपालि माधव नेपाल काठमाडौं -२ बाट उठ्ने /नउठ्ने टुंगो छैन। उनी गृह जिल्ला रौतहटबाट उठ्ने धेरै सम्भावना छ । रौतहटमा उनको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले सबैभन्दा धैरै मत ल्याएको छ। माधव नेपाल रौतहटमा उठेको खण्डमा काठमाडौं -२ बाट एकीकृत समाजवादीकी नेता रामकुमारी झाक्री उठ्ने सम्भावना छ। उनले एक अन्तर्वार्तामा गुल्मी वा काठमाडौं मध्ये १ ठाउँबाट निर्वाचन लड्ने बताएकी छन्। काठमाडौंमा एकीकृत समाजवादी सबैभन्दा बलियो भएको निर्वाचन क्षेत्र नम्बर-२ नै हो । त्यस्तै क्षेत्र नम्बर २ बाट माधवकुमार नेपाल उठे भने कांग्रेसले पक्कै छाड्ने छ। उनको निर्वाचन क्षेत्रमा रामकुमारी झाक्री उठ्ने भइन् भने पनि कांग्रेसलाई सो क्षेत्र छाड्ने दबाब हुनेछ। एमाले यहाँ बलियो भएका कारण पनि यो क्षेत्र छाड्न कांग्रेसलाई पनि गाह्रो हुने छैन।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.