काठमाडौं,। संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु हुनेछ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि, हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आजको लागि आह्वान गरिएको हो । गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।
आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठक दिउँसो १२ः५९ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।















