Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कुमारी आमा निहारिका र शिवराजबीच अदालतमा मिलापत्र

कुमारी आमा निहारिका र शिवराजबीच अदालतमा मिलापत्र

काठमाडौं । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले आरोपी शिवराज श्रेष्ठसँग मिलापत्र गरेकी छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेकी हुन् ।मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी उनले दुईबीच पति पत्नीका रुपमा बस्ने निर्णय भएको भनेकी छन् ।

म र नाबालक छोरा समेतलाई इज्जत अनुसार खान, लाउन, औषधोपचारखर्च, छोराको पढाइ लेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको…’, मिलापत्रमा भनिएको छ ।

ADVERTISEMENT

निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् । उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् ।

ADVERTISEMENT
ADVERTISEMENT

यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर, जिल्ला अदालत, धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुगेकी थिइन् ।

उनको विरोधपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपीलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई पनि जिल्ला अदालत तानिएका थिए । बलात्कार सम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ ।

राजपुतले २७ साउन २०७९ मा शितल निवास अगाडि आत्मदहको प्रयास गरेपछि यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो देखाएकी थिइन् । त्यसपछि बसेको न्याय परिषद् बैठकले तत्कालीन न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालत तानेको थियो ।

पछि खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए शिवराजसँग मिलेको थियो । उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो ।

त्यसअघि शिवराजले बच्चा आफ्नो नभएको दाबी गर्दै जाँच गराउन आफू तयार भएको बताएका थिए । डीएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिएकी थिइन् । पहिले उनले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने बताउँदै आएकी थिइन् । उनले ‘कुमारी आमा’हरुबाट जन्मिएका बच्चाहरुको स–सम्मान बाच्न पाउने संवैधानिक अधिकारको सुनिश्चितताका लागि सरकार पहल गर्नुपर्ने पनि माग राखेकी थिइन् ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...